logo
२०८० चैत्र १५ बिहीवार



भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण

अन्तर्राष्ट्रिय |


भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण
तस्विर-फाइल


नयाँ दिल्ली, कात्तिक ८ गते।
भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको बताउनुभएको छ । साथै उहाँले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड–१९ परीक्षण गर्न सुझाव दिनुभएको छ । फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानमा इन्चार्ज हुनुहुन्छ । बिहारमा यही अक्टोबर २८ देखि नोभेम्बर १० सम्म विभिन्न चरणमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ ।
अहिले उक्त राज्यमा निर्वाचन अभियान जारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?