logo
२०८० चैत्र १६ शुक्रवार



फोरजीमा आश्चर्यजनक वृद्धि !

एकै महिना बढे सात लाख प्रयोगकर्ता

मुख्य समाचार |


फोरजीमा आश्चर्यजनक वृद्धि !


विश्वास रेग्मी

काठमाडौँ, कात्तिक ६ गते । केही समययता मासिक औसत १० हजार हाराहारीमा मात्र फोरजी प्रयोगकर्ता थपिँदै आएकामा गत साउनमा एकैपटक यो सङ्ख्या लाख नाघ्यो । असारको तुलनामा एकै महिनामा सात लाखभन्दा बढी ग्राहक थपिएको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित ग¥यो ।
नेपालमा फोरजी सेवा सुरु भएको चार वर्ष पूरा भइसक्दा तुलनात्मक रूपमा कम अर्थात् ५५ लाखभन्दा कम प्रयोगकर्ता मात्र रहेको सन्दर्भमा थपिएको यो सङ्ख्या आफैँमा आश्चर्यजनक छ ।
प्राधिकरणको पछिल्लो उक्त तथ्याङ्कले थपिएका अधिकांश प्रयोगकर्ता नेपाल टेलिकमको भएको देखाउँछ । नेपालमै पहिलोपटक २०७३ पुसमा फोरजी सेवा सुरु गरेको सरकारी कम्पनीको गत असारसम्म मुस्किलले साढे आठ लाख प्रयोगकर्ता थिए । साउनमा एकैपटक सात लाखभन्दा बढी प्रयोगकर्ता थपिएपछि साउनमा टेलिकमका फोरजी प्रयोगकर्ता एकैपटक साढे १५ लाख पुगेको छ ।
एकैपटक सात लाख प्रयोगकर्ता थपिए पनि निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको तुलनामा भने यो आधाभन्दा पनि कम हो । साउनसम्म एनसेलका ३७ लाख ६२ हजार फोरजी प्रयोगकर्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
एकै महिनामा टेलिकमका फोरजी प्रयोगकर्ता आश्चर्यजनकले बढ्नुमा कुनै विशेष कारण भने होइन । चालू आर्थिक वर्ष २०७७÷७८ को सुरुवातसँगै टेलिकमले आफ्नो फोरजी प्रयोगकर्ताको तथ्याङ्क समायोजन गरेर प्राधिकरणमा पेस गर्दा ह्वात्तै बढेको देखिएको मात्र हो । व्यावसायिक रूपमै फोरजी सेवा सुरु भएको लामो समय बितिसक्दा पनि फोरजीको ग्राहक र बजार विस्तार निकै सुस्त भएको तथ्याङ्कसहित गत असोज ४ मा गोरखापत्रमा समाचार प्रकाशन भएको थियो ।
उक्त समाचारमा कम्पनीबाटै प्राधिकरणबाट तथ्याङ्क उपलब्ध गराउँदा गल्ती हुँदा फोरजी प्रयोगकर्ता सङ्ख्या कम भएको देखिएको उल्लेख थियो । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी पनि फोरजी प्रयोगकर्ताको वास्तविक सङ्ख्या पठाउँदा बढेको देखिएको बताउनुहुन्छ ।
हामीसँग फोरजी प्रयोगकर्ताको तीन प्रकारको तथ्याङ्क छ । पहिलो कुनै एकपटक फोरजी प्रयोग गरेका करिब ६७ लाख जति छ भन्ने अनुमान छ । दोस्रो पछिल्लो दुई महिना एक÷दुईपटक चलाउनेको सङ्ख्या करिब ४८ लाख थियो र तेस्रो कुनै एक दिनमा एकपटक चलाउनेको सङ्ख्या सोमबार मात्रै १९ लाखभन्दा बढी देखिन्छ । यही तथ्याङ्क प्राधिकरणमा पठाएका हौँ । नेपाल टेलिकमले देशभैर फोरजी विस्तार गर्ने उद्देश्यसहित करिब २० अर्ब रुपियाँ लगानी गरिसकेको छ । फोरजी÷एलटीई नेटवर्क विस्तारपछि ६५ लाख ग्राहक थप हुने टेलिकमले जनाएको थियो ।
प्राधिकरणको उक्त तथ्याङ्कमा स्मार्ट टेलिकमका एक लाख ८२ हजार फोरजी प्रयोगकर्ता छन् । सेवा विस्तारलाई प्राथमिकतामा राख्न नसकेको स्मार्टका फोरजी ग्राहक भने घटेको देखिन्छ । असारसम्म उक्त कम्पनीका ग्राहक दुई लाख तीन हजार रहेको तथ्याङ्क छ । फोरजी सेवा उपलब्ध गराइरहेका तीनै कम्पनीका गरेर ५४ लाख ९७ हजार मात्र प्रयोगकर्ता छन् ।

थ्रिजी प्रयोगकर्ता घटे
फोरजी प्रयोगकर्तामा देखिएको आश्चर्यजनक वृद्धि भने नेपालमा प्रचलित थ्रिजीमा देखिएको छैन । थ्रिजी प्रयोग गर्नेको सङ्ख्या घटेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणका अनुसार नेपाल टेलिकम र एनसेलका गरेर साउनसम्म एक करोड १५ लाख ५१ हजार ग्राहक छन् । असारसम्म भने थ्रिजी प्रयोगकर्ताको सङ्ख्या एक करोड १५ लाख ८९ हजार थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?