logo
२०८० चैत्र १५ बिहीवार



जडीबुटी सङ्कलन गर्न गएका युवक बेपत्ता

प्रदेश |


जडीबुटी सङ्कलन गर्न गएका युवक बेपत्ता
सांकेतिक तस्बीर


सिमकोट, कात्तिक ५ गते। हुम्ला, सिमकोट गाउँपालिका वडा नं १ चुुवाखोला वनमा जडीबुटी संकलन गर्न गएका एक युवक बेपत्ता भएका छन् । गत असोज २० गते जडीबुटी सङ्कलन गर्न गएका ३० वर्षीय धनबहादुर बुढा एक हप्तादेखि सम्पर्कमा आउन नसकेको खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी दीपबहादुर शाहीले जानकारी दिनुभयो ।  

 जटामासी (भुल्ते) लगायत जडीबुटी संकलन गर्न केही दिनअघि उनीसहित अन्य पाटन पुगेका थिए । जडीबुटी संकलन गर्न गएका साथीहरु फिर्ता भए पनि बुढा आजसम्म सम्पर्कमा नआएको र अवस्था अज्ञात रहेको शाहीले बताउनुभयो । चुवाँखोला सामुदायिक वनमा जटीमासी खन्ने क्रममा बेपत्ता बुढाका आफन्तले ठेहे प्रहरीचौकीलाई खोज्नका लागि आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुढाका आफन्त र प्रहरी हवल्दारका नेतृत्वमा पाँच प्रहरी जवान खोजी गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । स्थानीयवासीले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय तह र जिल्ला प्रहरी कार्यालयसँग अनुरोध गरेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?