logo
२०८१ बैशाख ७ शुक्रवार



जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आएको छ, मार्केल

अन्तर्राष्ट्रिय |


जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आएको छ, मार्केल
तस्विर-डीडब्ल्यु


बर्लिन, असोज २९ गते।
जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताउनुभएको छ ।जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उहाँले सो कुरा बताउनुभएको हो ।

हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ– उहाँले भन्नुभएको छ । उहाँले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको छ भन्नुभएको छ ।

बिहीबार उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने हो भन्नुभएको छ ।
जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उहाँले स्पष्ट गर्नुभएको छ ।उहाँले भन्नुभएको छ– हामी आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नु पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?