logo
२०८० चैत्र १६ शुक्रवार



नयाँ बजारमा ग्याँस सिलिण्डर विस्फाेट हुँदा ११ जना घाइते

खुला |


नयाँ बजारमा ग्याँस सिलिण्डर विस्फाेट हुँदा ११ जना घाइते


मुकुन्द गैरे

काठमाडौ, असोज २९ गते । काठमाडौंको नयाँ बजार फलफूल चोकस्थित नीलकुमारी क्षेत्रीको घरमा ग्याँस सिलिण्डर विस्फाेट हुँदा ११ जना घाइते भएका छन् ।

ग्यास सिलिण्डर क्षेत्रीको ४ तले घरमा भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठोरले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । घाइतेहरुको उपचारका लागि मनमोहन अस्पताल र अर्को एक अस्पतालमा लगिएको उहाँले जानकारी दिनुभयो । 

घाइतेहरुको अवस्था अहिले सम्म सामान्य रहेको समेत प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो ।  घटना के-कसरी भयो अझै कति क्षति भयो भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । प्रवक्ता राठोरले ग्याँस विस्फोट आज बिहान ११. ५० बजे भएको जानकारी दिनुभयो । साे घटना विहान ११ः५० बजे भएकाे र साे घरमा किरिया बसेकाे अस्थामा विस्फाेट भएकाे बताइएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप