logo
२०८१ बैशाख ८ शनिवार



कोलम्बियाका पूर्व राष्ट्रपति उरिबे नजरबन्द मुक्त

अन्तर्राष्ट्रिय |


कोलम्बियाका पूर्व राष्ट्रपति उरिबे नजरबन्द मुक्त
तस्विर-एपी न्यूज


बोगोटा, असोज २५ गते।
कोलम्बियाको एक अदालतले शनिबार कोलम्बियाका पूर्व सिनेटर तथा पूर्व राष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ । उहालाईँ दुई महिनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा राखिएको थियो ।
यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ । यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएकोे छ । प्रतिपक्षी सिनेटर इभान सिपेडाले एक अर्ध–सैनिक समूहसँगको सम्बन्धको आरोप उरिबे र उहाँको भाइकोविरूद्ध लगाउनुभएको थियो ।
उरिबेले उल्लेखित घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको बताउँदै गरेको गुनासोमाथि सुनुवाई गर्दै अदालतले उहाँलाई सफाइ दिएको हो । उरिबे डिमोक्रेटिक सेन्टर पार्टीका सिनेटर हुँदै राष्ट्रपतिमा निर्वाचित बन्नुभएको थियो ।
न्यायाधीशले उरीबेलाई नजरबन्दबाट मुक्त गर्ने निर्णयको सिपेडाले सम्मान गर्ने तर यस मुद्दामा आफ्नो अधिकारको प्रयोग गर्दै माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताउनुभयो । अगस्टमा राष्ट्रपति इभान डुकले सर्वोच्च अदालतले उरीबेलाई नजरबन्दमा राख्ने निर्णय गरेकोमा दुःख व्यक्त गर्नुभएको थियो । उहाँले उरिबेले अदालतबाट न्याय पाउनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?