logo
२०८१ बैशाख ७ शुक्रवार

  दृश्य समाचार  



इजरायलमा रोजगारी, मेनपावरले पठाउन पाउँदैन, ठगीबाट बच्नोस्

अर्थ |
फिचर |


इजरायलमा रोजगारी, मेनपावरले पठाउन पाउँदैन, ठगीबाट बच्नोस्


मुकुन्द गैरे 
काठमाडा्ैं, असोज २१ गते । वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जिटुजीमार्फत् पठाउने भएकाले कुनै व्यक्ति वा बिचौलियाको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । केही व्यक्ति र वैदेशिक रोजगार कम्पनीले इजरायल पठाउँछु भन्ने कुरा सुन्नमा आएको बताउँदै विभागले गलत सूचनाको भरमा नपर्न आग्रह गरेको छ ।


वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले ठग्ने नियतले केहीले इजरायल पठाउँछु भन्नेहरुको प्रमाण फेला परे तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । इजरायलको रोजगारीमा वैदेशिक रोजगार कम्पनी र निजी क्षेत्रको कुनै भूमिका नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

वैदेशिक रोजगार विभागले कामदारको योग्यता हेरेर छान्ने भएकाले निजी क्षेत्रको कुनै हात नहुने महानिर्देशक दहाल बताउनुभयो । अहिले ठग्ने उद्देश्यले केही व्यक्ति वा नीजि क्षेत्र लागेको भन्ने सुन्नमा आएको जानकारी दिँदै उनीहरुको बारेमा विभागले निगरानी गरिरहेको उहाँले बताउनुभयो ।

इजरायल जाँदा कुनै शुल्क नलाग्ने पनि विभागले बताएको छ । इजरायल जानु अघि सम्पूर्ण तवरबाट योग्य भएपछि कामदारले टिकट खर्च, मेडिकल, विमा र कल्याणकारी कोषमा जम्मा गर्ने पैसा बाहेक अरु कुनै शुल्क नलाग्ने विभागका महानिर्देशक दहालले बताउनुभयो ।

रोजागरीमा जानेको फर्म पनि विभागबाट भर्ने भएकाले सबैलाई अरु कुनै बिचौलीयाको भरमा नपर्न विभागले अनुरोध गरेको छ । कसैले इजरायलको रोजगारीमा पठाउँछु भनेर पासपोर्ट र पैसा माग्ने गरेको भए विभागमा सम्पर्क गर्नुहुन विभागले अनुरोध गरेको छ ।

नेपालबाट नेपाली कामदार इजरायली लैजाने विषयमा नेपाल र इजरायलबीच सहमति भइसकेको छ । इजरायलस्थित नेपाली राजदूतावास र इजरायलको परराष्ट्र मन्त्रालयबीच सहमतिमा हस्ताक्षर भइसकेको छ । समझदारीपत्रमा नेपालकोतर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलकोतर्फबाट इजरायली परराष्ट्रमन्त्री गाबी अश्कानजीले हस्ताक्षर गर्नुभएको थियो ।

यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुनेछ ।यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति भइसकेकाले पहिलो क्षेत्रका रुपमा ईजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयर गिभर ल्याउनेसम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुन लागेको दूतावासले बताएको छ ।

नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारी बीच सो विषयमा काठमाडौंमा हस्ताक्षर हुने बताइएको छ । साथै उक्त सम्झौतापछि केही महिनाभित्रै पहिलो चरणमा पाँच सय नेपाली ईजरायल जान पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप