logo
२०८१ बैशाख १२ बुधवार

  दृष्य समाचार सहित  



उपत्यकामा मास्क नलगाइ हेलचक्र्याइँ गर्ने बढे, सङ्क्रमण बढ्यो

समाज |


उपत्यकामा मास्क नलगाइ हेलचक्र्याइँ गर्ने बढे, सङ्क्रमण बढ्यो


मुकुन्द गैरे 
काठमाडौं, असोज १८ गते । देशमा लगाइएको बन्दाबन्दी हटेसंगै कोरोना संक्रमण बढ्दै जान थालेको छ । संक्रमण बढ्ने प्रमुख कारण आम मानिसले जनस्वास्थ्यको मापदण्ड पालना नगरिएको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन मानिसहरुले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरेकोले कोरोनाको जोखिम बढेको बताउनुहुन्छ ।

बन्दाबन्दी खुलै संगै मापदण्डको पालना गरि हामीहरुले काम गर्नु पर्नेमा त्यसो हुन नसकेको डाक्टर पुन बताउनुहुन्छ । अहिले मानिसहरु सडकमा विना मास्क हिडिरहेका छन् । कोरोना संक्रमण रोक्ने हो भने जनस्वास्थ्यका मापदण्ड इमान्दारीका साथ सवैले पालना गर्न जरुरी रहेको उहाँको भनाई छ ।


आम मानिसले हात धुनी, मास्क लगाउने कुरामा पालना नगरेको कुरा स्वास्थ्य मन्त्रालयको रिपोर्टले पनि देखाएको डाक्टर पुन बताउनुहुन्छ । अहिले काठमाडौंमा बढ्दै गएको कोरोनाको संक्रमण लकडाउनपछि बाहिरबाट आएका मानिसहरुबाट संक्रमण पैmलिएको उहाँ बताउनुहुन्छ ।

काठमाडौंका उपत्यकामा मानिसहरु कोरोना संक्रमण हटिसक्यो भन्ने तरिकाले हेलचेक्राइँ गरेर हिडिरहेका छन् । मास्क नलगाउने माथि सरकार कडा रुपमा प्रस्तुत हुनुपर्छ । हामी अरु देशको तुल्नामा जनस्वास्थ्यका मापदण्ड पालना गर्न चुकेको उहाँ बताउनुहुन्छ ।

जनस्तरमा कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न अभियान नै चलाउन आवश्यक रहेको डा. पुन बताउनुहुन्छ । अब आउने चाड पर्वमा कोरोनाको जोखिम बढ्ने देखिएको छ ।
अहिलेको आउने चाडवाड फरक तरिकाले मनाउन आवश्यक छ ।

भीडभाड हुने गरि रमाइलो नगर्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनकाे सुझाब छ । टीका लगाउँदा भरसक बाहिर खुला ठाउँमा दुरी कायम गरेर लगाउन सल्लाह दिनुहुन्छ डाक्टर पुन । कोठामा धेरै जना बसेर रमाइलो गर्दा संक्रमण बढ्ने खतरा बढी हुन्छ । भरसक कुराकानी कम गर्दा राम्रो हुन्छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यको मापदण्ड पालना गर्न सवैलाई अनुरोध गर्नुहुन्छ ।अरुको लागि मास्क लगाउनेभन्दा आफू र आफनो समुदाय कोरोनाबाट बचनको लागि स्वास्थ्यका माण्दण्ड पालना गर्न आवश्यक रहेको अधिकारी दुलाल बताउनुहुन्छ । प्रशासनले प्रहरी मार्फत स्वास्थ्यका मापदण्ड पालना गराउन काम गरिरहेको उहाँ बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप