logo
२०८० चैत्र १५ बिहीवार



साधारण सभा मङ्सिर ११ र १२ मा गर्ने तयारी

अर्थ |


साधारण सभा मङ्सिर ११ र १२ मा गर्ने तयारी


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । लामो समयदेखि स्थगित रहँदै आएको नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा गर्न सरकारले अनुमति दिएको छ । गृह मन्त्रालयले वेबिनार र सुरक्षित भोटिङ विधि प्रयोग गरी साधारण सभा गर्न अनुमति दिएको हो ।
अन्तिम निर्णय नभइसके पनि मङ्सिर ११ र १२ गते साधारण सभा र निर्वाचन गर्ने तयारी महासङ्घको छ । महासङ्घको असोज १५ गतेका लागि निर्धारित महासङ्घ कार्यसमिति बैठकले अन्तिम निर्णय लिनेछ ।
गृहले साधारण सभाका कार्य भौतिक रूपमा भेला नभई वेबिनार पद्धतिबाट गर्न र निर्वाचनलाई कोरोना जोखिम नियन्त्रणसम्बन्धी स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै मतदान कार्य गराउन गृहले अनुमति दिएको हो ।
गृहको अनुमतिका आधारमा अब महासङ्घको नयाँ कार्यसमिति निर्वाचनका लागि एकै पटकमा २५ जनाभन्दा धेरै मतदाता भेला हुन पाइँदैन । धेरैभन्दा धेरै मतदान बुथ बनाउने, भौतिक दूरी कायम गराउने र मास्कको अनिवार्य प्रयोग गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न भने सकिने छ । कोभिड–१९ महामारीका कारण गत चैतमा हुनुपर्ने साधारण सभा विभिन्न मिति तोक्दै स्थगित हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?