logo
२०८० चैत्र १६ शुक्रवार



वीरगञ्जबाट १८ दिनमा चार लाख किलो प्याज भित्रियो, ४४ देखि ४६ रुपैयाँ प्रतिकिलो पर्ने

अर्थ |


वीरगञ्जबाट १८ दिनमा चार लाख किलो प्याज भित्रियो, ४४ देखि ४६ रुपैयाँ प्रतिकिलो पर्ने



दिपकप्रसाद गौतम
वीरगञ्ज, असोज २ गते । वीरगञ्ज नाका भएर भारतको विभिन्न स्थानबाट पछिल्लो १८ दिनमा ३ लाख ९७ हजार एकसय किलोग्राम प्याज नेपाल भित्रिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले गोरखापत्रलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार भदौ १८ गतेदेखि असोज १ गते सम्मको १८ दिने अवधिमा वीरगञ्ज नाका भएर तीन लाख ९७ हजार एकसय किलोग्राम प्याज नेपाल भित्रिएको हो ।

एक करोड ३९ लाख ७७ हजार ९२० रुपैयाँको उक्त तीन लाख ९७ हजार एक सय किलोग्राम प्याज नेपाल भित्र्याउन आयातकर्ताले भन्सारमा कृषि सेवा शुल्क ९ प्रतिशत र अग्रिम आयकर पाँच गरी २० लाख २६ हजार ७९८ रुपैयाँ राजश्व तिरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी साहले जानकारी दिनुभयो ।
२२ रुपैयाँ भारु अर्थात् नेपालीमा ३५ रुपैयाँ २० पैसा प्रतिकिलोमा खरिद गरी भारतबाट ल्याईएको र भन्सार गर्दा लागत मूल्य प्रतिकिलो करिब ४० देखि ४१ रुपैयाँ पुग्ने र

आयात गर्दा ढुवानी खर्च समेत गरेर करिब ४४ देखि ४६ रुपैयाँ प्रतिकिलो पर्ने गरेको एक व्यापारीले नाम सार्वजनिक नगर्ने शर्तमा बताउनुभयो ।
पछिल्लो १८ दिन मध्ये भदौ २७ गते ८६ हजार ३०० किलो र भदौ १४ , १५ , १६ र १७ गते तीन लाख १० हजार ८०० किलो प्याज यस वीरगञ्ज नाका भएर नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी साहले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षको यसै १८ दिने अवधिमा वीरगञ्ज नाका भएर सात लाख १३ हजार ३५० किलोग्राम प्याज नेपाल भित्रिएको थियो । गत वर्षको यसै १८ दिने अवधि यस वर्षभन्दा तीन लाख १६ हजार २५० किलोग्राम प्याज बढी आयात भएको थियो ।

हिन्दूहरुको महान पर्व बडादशैँको मुखमा भारतले प्याज निर्यातमा रोक लगाउनु र रोक लगाउनु भन्दा अघि पनि कोरोना भाईरसको संक्रमणको महामारीका कारण अघिल्लो वर्षभन्दा निकै कम परिमाण्मा आयात हुनुले बेलैमा वैकल्पिक व्यवस्था नगरिए दशैँमा सबै नागरिकको भन्सामा प्याज पुग्न सक्ने अवस्था नरहने अनुमान गरिएको छ ।
४४ देखि ४६ रुपैयाँ लागत लागेको प्याजलाई नेपाली बजारमा व्यापारीहरुले ५४ देखि ५८ रुपैयाँमा थोकमा विक्री गर्ने गरेका थिए तर भारतले प्याज निर्यातमा रोक लगाउने निर्र्णय गरेसँगै व्यापारीहरुले थोकमा नै प्याजको मूल्य ८५ रुपैयाँ प्रतिकिलो पु¥याएका छन् । सर्वसाधारणका अनुसार खुद्रा पसलेहरुले एकसय रुपैयाँ देखि १२० रुपैयाँ प्रतिकिलो विक्री गर्न थालेका छन् । नेपाल प्याजमा लगभग परनिर्भर नै रहेको छ । प्याज आयातमा नै नेपालको वाषर््िाक अर्बौं रुपैयाँ बाहिरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?