logo
२०८० चैत्र १६ शुक्रवार



नारायणीले बगाएको दाउरा टिप्नेक्रममा बावुछोरी बेपत्ता

खुला |


नारायणीले बगाएको दाउरा टिप्नेक्रममा बावुछोरी बेपत्ता



ज्ञानु पंगेनी
कावासोती असोज २ गते । नारायणी नदीले बगाएको ल्याएको दाउरा टिप्नेक्रममा शुक्रबार बावु छोरी बगाएर बेपत्ता भएका छन् ।

नवलपरासी पूर्व (नवलपुर ) मध्यबिन्दु नगरपालिका १२ र १५ को सिमाना नारायणी नदी र अरुणखोलाको दोभानमा नारायणी नदीले बगाएर ल्याएको दाउरा टिप्नेक्रममा मध्यविन्दु नगरपालिका १५ तल्लो भिउरान बस्ने ४५ वर्षका भूपलाल क्षेत्री र उहाँकी १४ वर्षकी छोरी सुजिता क्षेत्रीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

४३ वर्षकी श्रीमती सानी क्षेत्रीलाई समेत नदीले बगाएकोमा उहाँलाई स्थानीयले उद्धार गरेका थिए । बेपत्ता बावुछोरीको प्रहरी र स्थानीयले खोजी गरिरहेको खाँणले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?