logo
२०८० चैत्र १६ शुक्रवार



मुग्लिङ-नारायणगढ सडक पुन: सञ्चालन

फिचर |


मुग्लिङ-नारायणगढ सडक पुन: सञ्चालन


गोरखापत्र अनलाइन

काठमाडो, असोज २ गते । चितवनको भरतपुर महानगरपालिका वडा २९ का विभिन्न स्थानमा गएको पहिरोका कारणा अवरुद्ध मुग्लिङ-नारायणगढ सडक पुनः सञ्चालन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार विहान भतेरी, दासढुङ्गा र सत्रकिलोमा झरेको पहिरो पन्छाएर एकतर्फी सवारी सुचारू भएको र केही समयमा नै दुइतर्फी सञ्चालन हुनेछ ।

साथै  अन्य सबै ठाँउमा दुइतर्फी रुपमा सडक सुचारू भएको र सवारी चापका कारण दुवै तर्फ सवारीसाधनहरु क्युमा चलिरहेकाले ओभरटेक नगरी सडकमा सम्भावित जोखिम समेतलाई ख्याल गरी सुरक्षित रुपमा यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?