logo
२०८१ बैशाख १३ बिहीवार



प्रदेश नं. २ मा २७५ जना नयाँ संक्रमित थपिए

फिचर |


प्रदेश नं. २ मा २७५ जना नयाँ संक्रमित थपिए



धर्बेन्द्र झा
जनकपुरधाम, भदौ ३१ गते । प्रदेश नं.२ मा बुधबार २७५ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । लकडाउन खुकुलो भए सँगै प्रदेशमा पुनः संक्रमण बढ्न थालेको हो । केही दिनदेखि घट्दै आएको संक्रमणको दर केही जिल्लामा पुनः बढ्न लागेको स्वास्थ्य निर्देशनालय प्रदेश नं.२ ले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनरायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा आज दुईजना महिला र २७३ जना पुरुष गरी २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं.२ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बा¥ह हजार ४८९ पुगेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज सिरहामा सबैभन्दा बढी २५९ जना, महोत्तरीमा एक जना, पर्सामा पाँच जना , रौतहटमा एक जना र सप्तरीमा आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उहाँका अनुसार आज सप्तरी जिल्लाको खड्ग नगरपालिका ३ का एक ३६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बताउनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको उहाँले बताउनुभयो । उहाँले प्रदेश नं.२ मा २१५ जना कोरोनाको संक्रमणबाट संक्रमण मुक्त भएर घर फर्केको बताउनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोना जितेर फर्किनेको संख्या छ हजार ७९८ पुगेको निमित्त स्वास्थ्य निर्देशक झाले बताउनुभयो ।

उहाँले बुधबारसम्म प्रदेश नं.२ मा एक लाख १३ हजार ३६८ जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएकोमा चार हजार ७२ जनाको नतिजा आउन बाँकी रहेको बताउनुभयो । प्रदेश नं.२ को विभिन्न जिल्लामा गरी आज एक हजार जनाको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?