logo
२०८१ बैशाख ८ शनिवार



यस वर्ष मत्स्यनारायण मेला सञ्चालन नहुने

खुला |


यस वर्ष मत्स्यनारायण मेला सञ्चालन नहुने
तस्विर–फाइल


गाेरखापत्र अनलाइन

कीर्तिपुर, भदाै ३१ गते । चन्द्रागिरी नगरपालिका वडा नं ९ ले मच्छेगाउँस्थित मत्स्यनारायण मेला सञ्चालन नहुने भएकाे छ । यस वर्ष पुरुषोत्तम मास असाेज २ गते शुक्रबारदेखि शुरु हुँदैछ । तीन वर्षमा एकपटक एक महिनासम्म चल्ने यस मेला काेराेना भाइरसका कारण सञ्चालन हुन सम्भव नभएकाे बताइएकाे छ ।

बुधबार एक सूचना जारी गरी वडा अध्यक्ष देबेन्द्र महर्जनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै यस्ताे निर्णय भएकाे बताउनुभएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?