logo
२०८१ बैशाख १२ बुधवार



नवलपुरमा सवारी दुर्घटनामा एकको मृत्यु

खुला |


नवलपुरमा सवारी दुर्घटनामा एकको मृत्यु



ज्ञानु पंगेनी
कावासोती, भदौ ३१ गते । पूर्वी नवलपरासीको नवलपुर देवचुली नगरपालिकामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत देवचुली नगरपालिका १६ रजहरचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ८ ख १६६७ नं. को मिनि ट्रकको पछाडि सोही दिशाबाट गईरहेको ना. ३८ प १९७ नं. को मोटर साईकल ठक्कर खाँदा मोटर चालक देवचुली नगरपालिका १७ बस्ने ५० वर्षका तेजबहादुर महतो गम्भिर घाईते हुनुभएको थियो ।

उहाँको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ट्रक चालक पर्सा रामपुर टोकनी गाउपालिका दुई बस्ने ३४ वर्षका द्ववारीका शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?