logo
२०८० चैत्र १६ शुक्रवार



तोलमा तीन सयले बढ्यो सुनको भाउ

अर्थ |


तोलमा तीन सयले बढ्यो सुनको भाउ



गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपियाँले बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोलामा ९५ हजार ८ सय रुपियाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोलामा ५ रुपियाँले बढेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?