logo
२०७७ असोज १० शनिवार

भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदै

अन्तर्राष्ट्रिय |


2020-08-15-20558
तस्विर–हिन्दूस्तान टाइम्स


नयाँदिल्ली, साउन ३१ गते ।
भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । भारतभर आज अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यसै क्रममा आज बिहान ७ः१५ बजे प्रधानमन्त्री नरेन्द्र मोदी भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको सामान्य समारोहलाई सम्बोधन गर्नुभएको थियो ।
आज बिहान भारत लालकिल्लास्थित इन्डिया गेटमा उहाँ पुग्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको थियो । उहाँलाई लालकिल्लामा आयोजित एक विशेष समारोहमा भारतीय उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको झण्डाको झण्डोत्तोलन गर्नुभएको थियो । उहाँलाई त्यस क्रममा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । उहाँलाई सेनाले सम्मानस्वरुप गार्ड अफ अनर दिएपछि डायसमा पुगेर बस्नुभएको थियो । त्यस क्रममा भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रस्तुत गरिने सम्मान स्वरुपका विविध कार्यक्रमहरू हेर्नुभएको थियो ।
भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।
सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । यस अवसरमा भारतको लालकिल्लामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । यस अवसरमा प्रधानमन्त्री मोदीले गर्नुभएको सम्बोधनमा भारतले छिमेकी मुलुकहरूसँग सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध राम्रो बनाएको बताउनुभएको थियो ।

स्वतन्त्रता दिवसका अवसरमा आज दिल्लीको लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकका नेताहरूले यस क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति आएसँगै मानवताको हितमा कामहरू हुने पनि बताउनुभयो । उहाँले केही समयदेखि भारतले पश्चिम एसियासँगको सम्बन्धलाई अझ बलियो बनाएको र ती देशसँग भएका ऊर्जा क्षेत्रको साझेदारी महत्त्वपूर्ण रहेको बताउनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?