logo
२०८१ बैशाख ११ मंगलवार



उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

अन्तर्राष्ट्रिय |


उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा


सोल
साउन ३० गते । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको छ । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौँ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरूले जनाएका छन् ।
बिहीबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनै पनि सहयोग स्वीकार नगर्ने जानकारी गराउनुभएको थियो । उहाँले सबै सीमा नाका बन्द गरिरहनुपर्नेमा पनि जोड दिनुभएको सरकारी सञ्चार माध्यमले शुक्रबार जनाएको छ ।
उत्तर कोरियाले कोरोनाभाइरसविरुद्ध आक्रामक रुपमा आफैँ लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरूको पुनर्निर्माण गर्ने कार्यलाई समेत तीव्रता दिएको उहाँले बताउनुभयो ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रीपरिषद्का सदस्यहरूको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ । सर्वोच्च नेता उनले महत्त्वाकांक्षासहित गत वर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गर्नुभएको थियो ।
तर कतिपय विज्ञहरूले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक सङ्कटमा पर्नसक्ने विश्लेषण गरेका छन् । बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिनुभयो ।
नेता उनले यसअघि गत जुलाई अन्त्यतिर पनि पूर्ण लकडाउन तथा सङ्कटकालको घोषणा गर्नुभएको थियो । त्यस बेला धेरै प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप