logo
२०८० चैत्र १५ बिहीवार



ब्राजिलमा २६ लाख ६६ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


ब्राजिलमा २६ लाख ६६ हजार सङ्क्रमित
तस्विर–फाइल


रियो डि जानेरो , साउन १७ गते ।
ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टायता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरूले जनाएअनुसार सङ्क्रमितको पछिल्लो सङ्ख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ ।

गएको २४ घन्टामा एक हजार २१२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । ब्राजिलमा ९२ हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् । तर पछिल्लो समयमा सङ्क्रमितको सङ्ख्यामा भने केही कमी आएको छ ।

गत बिहीबारको परीक्षणको तुलनामा सङ्क्रमित घटेका हुन् । बिहीबार ६९ हजारभन्दा बढी सङ्क्रमित देखिएकोमा शुक्रबार यो सङ्ख्यामा कमी आएको हो । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । अझै ठूलो सङ्ख्यामा नागरिक सङ्क्रमित भएको आशङ्का गरिएको छ । तर पनि परीक्षणको सङ्ख्या बढाउनुपर्ने उनीहरूको भनाइ छ ।
यसै कारणले पनि ठूलो सङ्ख्यामा फैलिएको बताउने गरिएको छ । ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयलका अनुसार यहाँका १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?