logo
२०८१ बैशाख ७ शुक्रवार



श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने

अन्तर्राष्ट्रिय |


श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने
तस्विर-बीबीसी


कोलम्बो, साउन ६ गते।
श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने बताएको छ । राजधानीबाट उत्तरी क्षेत्रमा रहेको कन्डाकाडुस्थित एक लागु औषध पुनःस्थापना केन्द्रमा कोभिड–१९ सङ्क्रमितहरूको नयाँ लहर भेटिएपछि सरकारले तत्काल अन्तर्राष्ट्रिय विमानस्थललाई खुला नगर्ने जनाएको हो ।
विमानस्थल तथा उड्ययन सेवा कार्यालयका एक विरिष्ठ अधिकारीले सिन्ह्वालाई दिएको जानकारीमा राष्ट्रपतिको कार्यालय र स्वास्थ्य अधिकारीहरूबीचको छलफलपछि श्रीलङ्काले आगामी अगस्टदेखि पुनः सञ्चालनमा ल्याउने भनिएका अन्तर्राष्ट्रिय विमानस्थललाई कम्तीमा आगामी सेप्टेम्बरको सुरूसम्म यथावत बन्द राख्ने बताएका छन् । यो निर्णय विदेशबाट श्रीलङ्का प्रवेश गर्ने यात्रुका लागि कडारूपमा लागु गरिने उनले बताए ।
मार्चमा बन्द गरिएका विमानस्थललाई आगामी अगस्टमा सञ्चालनमा ल्याउने तयारी गरिरहेका समय सरकारले यो निर्णय गरेको हो । हामीले विमानस्थललाई पुःन सञ्चालनमा ल्याउन कोभिड–१९को महामारीको वर्तमान् अवस्थाका कारण मिति त तय गरिसकेका छैनौँ तर सम्भवतः सेप्टेम्बरको कुनै दिनबाट सेवा चालु हुनेमा विश्वस्त छौँ ।
पछिल्ला दिनमा क्वारेन्टिनस्थलमा विदेशबाट आउने मानिसको सङ्ख्या बढेकोले यसलाई एक महिनापछि सार्ने निर्णय भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७३० पुगेको छ । यसमध्ये दुई हजार ४८ जना निको भई घर फर्किएका छन् । अहिले कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या ६८२ रहेको छ । मङ्गलबार सङ्क्रमितमध्ये केही कन्डाकाडुका स्थानीय रहेका छन् ।
श्रीलङ्कामा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमित ११ व्यक्तिको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?