logo
२०८१ बैशाख ७ शुक्रवार



मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मुख्य लक्ष्य

अर्थ |
पढ्नै पर्ने |


मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मुख्य लक्ष्य
फाइल तस्विर


काठमाडौँ, साउन २ गते । नेपाल राष्ट्र बैङ्कले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो ।

सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैङ्कलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैङ्कका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

यस्तै बैङ्क तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो । उहाँले यतिबेला मौद्रिक नीति सार्वजनिक गरिरहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?