logo
२०८० चैत्र १६ शुक्रवार



हात्ती धपाउन राखेको धरापमा परेर एकको मृत्यु

खुला |


हात्ती धपाउन राखेको धरापमा परेर एकको मृत्यु


बिर्तामोड, असार ३० गते । हात्ती धपाउन आफ्नै खेतमा जडान गरिएको विद्युतीय धरापमा परी झापा मेचीनगर नगरपालिका-९ का ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ ।
थपलियाले जङ्गली हात्तीलाई धपाउन खेतमा नाङ्गो विद्युतीय तार राख्नुभएको थियो । सोमबार बेलुकी ५ः ४५ बजे थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता डीएसपी शैलेश थापाले बताउनुभयो ।

यस क्षेत्रको लामो क्षेत्रमा स्थानीयले जङ्गली हात्तीबाट बच्न आफ्ना खेतमा विद्युतीय धराप राखेका छन् । यस धरापमा परी बर्सेनि स्थानीयको ज्यान जाने गरेको छ । हात्ती समस्या समाधानका लागि स्थायी समाधान नहुदा घरेलु उपायबाट स्थानीयको ज्यानै जाने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?