logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण , कीर्तिपुरमा राष्ट्रिय सङ्ग्रहालय बनाउने तयारी

कला |


राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण , कीर्तिपुरमा राष्ट्रिय सङ्ग्रहालय बनाउने तयारी



काठमाडौँ, असार २९ गते । सरकारले नेपाली साहित्यमा योगदान पु¥याउने स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विभिन्न स्रष्टालाई सम्मान गरेको हो । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले विभिन्न व्यक्तित्वलाई पुरस्कार समर्पण गरी सम्मान गर्नुभएको थियो ।    
    
पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरिएको छ । कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न स्रष्टाको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न व्यक्तित्वलाई प्रदान गरिएको बताउनुभयो ।    
    
उहाँले ऋषिमुनिहरुले स्थापित गरेको साहित्य, देशको प्राकृतिक सुन्दरता, भगवान् बुद्धले दिएका सिद्धान्तलगायत विभिन्न महान व्यक्तित्वले छाडेर गएका आदर्श सिद्धान्तका कारण नेपाल साहित्य सिर्जनाको भण्डार भएको बताउनुभयो ।    
    
मन्त्री भट्टराईले जातजाति, संस्कृति, रीतिरिवाज र भाषासाहित्यलाई एकै ठाउँमा राख्ने गरी काठमाडौँको कीर्तिपुरमा राष्ट्रिय सङ्ग्रहालय बनाउनेसमेत बताउनुभयो । उहाँले नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहदेखि नेपालका विभिन्न लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नेता, साहित्यकार, स्रष्टालाई , राष्ट्रिय व्यक्तित्वको स्मारकस्थल निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।     
    
कुन विधामा कसले पाए    
    
राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश नं २ बाट धनुषाका डा रामसागर पण्डित, वाग्मती प्रदेशबाट ललितपुरका डा गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा ज्ञानबहादुर कार्की, प्रदेश नं ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित हुनुभएको छ ।    
    
भाषा साहित्य विधातर्फ प्रा डा दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट खोटाङका सुरेश हाँचेकाली, प्रदेश नं २ बाट बाराका नवराज रिजाल, वाग्मती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश नं ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा ओमप्रकाश आचार्य र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्याय सम्मानित हुनुभएको छ ।    
    
ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौँका श्यामलाल श्रेष्ठले प्राप्त गर्नुभएको छ । प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश नं १ बाट सुनसरीका जीवनाथ पोखरेल, प्रदेश नं २ बाट धनुषाका सरितादेवी मण्डल, वाग्मती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश नं ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रवीन्द्रबहादुर चन्द सम्मानित हुनुभएको छ ।    
    
सङ्गीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिरहाका सत्यनारायण चौधरीले प्राप्त गर्नुभएको छ । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश नं २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, वाग्मती प्रदेशबाट रामेछापका केशर कालीकोटे, गण्डकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाईँ सम्मानित हुनुभएको छ ।    
    
यस्तै महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधाअन्तर्गत तेह्रथुमका मोहन सिटौला, निबन्ध विधातर्फ दाङका प्रा केशव सुवेदी, गद्याख्यान÷नाटकतर्फ काठमाडौँका पद्मावती सिंह, बाल साहित्य÷लोक साहित्यतर्फ दैलेखका डा मधुसूदन गिरी र भाषासाहित्यतर्फ भक्तपुरका भैरव रिसाल सम्मानित हुनुभएको छ ।    
    
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा घनश्याम उपाध्याय कँडेल सम्मानित हुनुभएको छ ।    
    
पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधातर्फ कपिलवस्तुका डा माधवराज पन्थी सम्मानित हुनुभएको छ भने साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौँको राष्ट्रिय आविस्कार केन्द्रलाई सम्मानित गरिएको छ ।    
    
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ कातर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक ९मरणेपरान्त०, मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार सम्मानित हुनुभएको छ ।    

यी सबै पुरस्कारको राशि राष्ट्रिय तथा संस्थागततर्फ रु एक लाख र प्रादेशिकतर्फ रु ५० हजार रहेको मन्त्रालयले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?