logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोरोना भाइरस सङक्रमितको सङ्ख्या छ लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना भाइरस सङक्रमितको सङ्ख्या छ लाख नाघ्यो


नयाँदिल्ली
असार १८ गते। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट छ लाख ४ हजार ६४१ जना सङक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइरसबाट सङक्रमित भएका अधिकारीहरुले जनाएका छन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २६ हजार ९४७ जना अझै पनि सङक्रमित अवस्थामै रहेको जनाएको छ । कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८६० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गत २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३४ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १७ हजार ८३४ जनाको मृत्यु भएको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै सङक्रमित महाराष्ट्रमा देखिएका छन् । कुल सङक्रमितको संख्या १ लाख ८० हजार २९८ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण महाराष्ट्रमा ८ हजार ५३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तमिलनाडुमा ९४ हजार ४९ जना सङक्रमित भएका छन् । तमिलनाडुमा सङक्रमित मध्ये १ हजार २६४ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेशमा ८९ हजार ८०२ जना सङक्रमित भएका छन् । दिल्लीमा यस भाइरसको कारण २ हजार ८०३ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?