logo
२०८० चैत्र १६ शुक्रवार



ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोना सङ्क्रमित

खेलकुद |


ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोना सङ्क्रमित


रियो दी जेनेरियो, असार १७ गते । विश्वभरl महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् ।
सङ्क्रमित खेलाडीहरूकाे नामावली सार्वजनिक नगरिए पनि उनीहरूलाई अहिले स्वास्थ्यकर्मीहरूको निगरानीमा अलग राखेको छ ।
ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मङ्गलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी सङ्क्रमित भएको र उनीहरूको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । 'उनीहरूको फेरि परीक्षण गरिनेछ,' वक्तव्यमा उल्लेख छ । ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिकाभन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो ।
ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस सङ्क्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?