logo
२०८१ बैशाख ७ शुक्रवार



युरोपेली सङ्घद्वारा पाकिस्तानी वायु सेवाको उडानमा प्रतिबन्ध

अर्थ |
अन्तर्राष्ट्रिय |


युरोपेली सङ्घद्वारा पाकिस्तानी वायु सेवाको उडानमा प्रतिबन्ध
तस्विर-द् इन्डियन एक्सप्रेस


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १६ गते । यूरोपेली सङ्घले पाकिस्तानी ध्वजावाहक विमान कम्पनीमाथि छ महिनासम्म यूरोपेली आकाशमा विमान उडाउन रोक लगाएको छ । पाकिस्तानका उड्ययन मन्त्रीले एक तिहाई विमान चालकको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको बयान दिएपछि सङ्घले यस प्रकारको निर्णय गरेको हो ।
पाकिस्तान अन्तर्राष्ट्रिय वायु निगमका प्रवक्ता अब्दुल्लाह हफिजले भने महामारीको कारण पाकिस्तानले यूरोपमा विमान नभरेको दाबी गर्नुभएको छ । उहाँले आगामी दुई महिनाभित्र ओस्लो, कोपेनहेगन, पेरिस, बार्सिलोना र मिलानका लागि विमान सेवा सुचारु गरिने दाबी गर्नुभयो । विमान चालक प्रकरणबारे बोल्नुहुँदै उहाँले दुखित बनाएको प्रतिक्रिया दिनुभयो ।
पाकिस्तान अन्तर्राष्ट्रिय उडानको विमान कराँचीमा मई २२ का दिन दुर्घटना हुँदा ९७ जना यात्रुको मृत्यु भएको थियो । उक्त दुर्घटनाको छानबिन प्रतिवेदनबारे बोल्नुहुँदै उडडयन मन्त्रीले ८६० मध्ये २६० विमान चालकको अनुमति पत्र नक्कली रहेको सदनमा जानकारी गराउनुभएको थियो । पाकिस्तान सरकारले लगत्तै नियमनकारी निकायका चारजना अधिकारीलाई निलम्बन गरेको छ । उनीहरूमाथि मुद्दा लगाउने तयारी गरिएको छ ।
प्रतिबन्ध घोषणा गर्दै युरोपेली सङ्घ उडडयन सुरक्षा निकायले पाकिस्तान यतिबेला विमान चालकको अनुमति पत्रलाई लिएर अन्तर्राष्ट्रिय स्तरको विमान भर्न योग्य नभएको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?