logo
२०८१ बैशाख ८ शनिवार



जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित

अर्थ |
अन्तर्राष्ट्रिय |


जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित


टोकियो, जेठ २८ गते । जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो ।

काेरोना महामारीका कारण जापानमा उपभोक्ताको खर्चमा कमी आएपछि मुलुकको अर्थतन्त्र नै मन्दीमा जाने खतरा रहेको छ । सन् २०१५ यता पहिलोपटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन् ।

पछिल्लो बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरण पनि समेटिएको छ । यो बजेट माथिल्लो सदनबाट पारित भएपछि यही शुक्रबारदेखि कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ । बजेटले वित्तीय उद्धार कार्यक्रम र सङ्घर्षरत व्यवसायलाई ऋण उपलब्ध गराउनेतर्फ पनि ध्यान दिएको छ ।
जापानमा मङ्गलबारसम्म कोरोनाभाइरसबाट १७ हजार २५१ जना सङ्क्रमित हुनुका साथै ९१९ जनाको मृत्यु भएको छ । तर देशभित्र कोरोनाभाइरसको सङ्क्रमण बढेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन स्थितिको घोषणा गर्नुभएको थियो । तर कोरोनाभाइरस प्रसारमा कमी आएसँगै गत महिना प्रधानमन्त्री आबेले उक्त घोषणा फिर्ता लिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?