logo
२०८० चैत्र १५ बिहीवार



पाकिस्तानद्वारा आइएमएफको प्रस्ताव अस्वीकार   

अर्थ |
अन्तर्राष्ट्रिय |


पाकिस्तानद्वारा आइएमएफको प्रस्ताव अस्वीकार   


इस्लामाबाद, जेठ २६ गते । अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तान सरकारसँग राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकार गरेको छ । पाकिस्तानलाई आगामी बजेटमा सरकारी कर्मचारीको तलबमा भारी मात्रामा कटौती गर्न आइएमएफले सुझाव दिएको थियो ।    
आइएमएफले सो तलब कटौती गरेर स्वास्थ्यका क्षेत्रमा बजेट बढाउन सुझाव दिएको थियो । तर पनि पाकिस्तान सरकारले भने सरकारी कर्मचारीको तलबमा भारी मात्रामा कटौती गर्न नसकिने बताएको हो । सरकारी कर्मचारी र निवृत्त कर्मचारीको निवृत्तिभरणको रकममा कटौती गर्न नसकिने जानकारी पाकिस्तान सरकारले दिएको बताइएको छ । यही जुन महिनाको १२ गते पाकिस्तानले बजेट ल्याउँदै छ । सो बजेटमा व्यापक मात्रामा खर्चको कटौती गर्न भनिएको हो । पाकिस्तानमा पनि बढ्दो कारोना भाइरसको महामारीका कारण लकडाउन जारी छ ।    
    
जसका कारण यहाँको आर्थिक अवस्थामा निकै कमी आएको बताइएको छ । देशलाई आर्थिक मन्दीबाट बचाउन यहाँको सरकारले ठूलो मात्रामा संघर्ष गर्नु परिरहेको पनि समाचारहरुमा जनाइएको छ ।    
यहाँ पनि महामारीका बाबजुत पनि आज सोमबारदेखि सरकारले लकडाउन हटाउने निर्णय गरेको छ । यसबाट महामारीको थप खतरा रहेको बताइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?