logo
२०८० चैत्र १६ शुक्रवार



सहज तर व्यवस्थित बन्दाबन्दीको प्रतिक्षामा व्यवसायी

अर्थ |


सहज तर व्यवस्थित बन्दाबन्दीको प्रतिक्षामा व्यवसायी



गोरखापत्र समाचारदाता
काठमाडौं, जेठ २३ गते । कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सरकारले जारी गरेको बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यामीहरुले यसबाट निकास खोजिरहेका छन् ।

कोरोना जोखिमबाट सुरक्षित रहन जारी गरिएको बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा अर्थतन्त्र नै जोखिममा पर्ने, व्यवसायी टाट पल्टने र सर्वसाधारणलाई हातमुख जोड्न समेत मुश्किल पर्ने खतरा सन्निकट भएको भन्दै उद्यमी व्यवसायीले बन्दाबन्दीको जारी तरिकालाई सरकारले तत्काल पुनःविचार गर्ने अपेक्षामा बसेका हुन् ।

आगामी जेठ ३२ सम्म बन्दाबन्दीलाई निरन्तरता दिइरहेको समयमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुने गरी बन्दाबन्दीको विद्यमान शैली परिवर्तन गर्न यसअघि नै सरकारलाई औपचारिक आग्रह गुिरसकेको छ । कतिपय स्थानमा अत्यावश्यक बाहेककका पसल व्यवसाय पनि खुल्न थालिसकेका छन् । कोरोना जोखिममा बच्न आफँै सुरक्षाको विधि अपनाएर व्यवसाय सञ्चालन गर्ने मनस्थितिमा व्यवसायी पुगिसकेको पछिल्ला घटनाक्रमले देखाउँछ ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले “निश्चित मापदण्ड अपनाएर सुरक्षाका साथ अब अर्थतन्त्रलाई गति दिनुपर्छ,” भन्नुभयो ।
नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले पुरै मुलुकलाई अब बन्द अवस्थामा राख्नु हुँदैन, सङ्क्रमण बढी देखिएका भौगोलिक क्षेत्रमा कडाई गर्ने र अन्य क्षेत्रमा अवस्था सुरक्षित तरिकाले सहज बनाउनुपर्छ, भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि लकडाउनले समस्या स्थगनमात्र गर्ने तर पुरै निदान नगर्ने प्रमाणित भएको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?