logo
२०८१ बैशाख ८ शनिवार



तरकारी खाल्डोमा गाडेको विषयमा चर्को आलोचनापछि महानगरले निर्णय सच्यायो

प्रदेश |


तरकारी खाल्डोमा गाडेको विषयमा चर्को आलोचनापछि महानगरले निर्णय सच्यायो
सांकेतिक तस्विर


तारा चापागाईं दुवे

पोखरा, जेठ २० गते ।  पोखरा महानगरमा भएको सर्वपक्षीय बैठकको गत जेठ ११ गते एउटा निर्णय गर्यो, पोखरा महानगरलाई कोरोनाबाट सुरक्षित बनाउन बाह्य जिल्लाबाट तरकारी आयात नगर्ने ।
पोखरा महानगरपालिका वडा नं. १५ का स्थानीयले जेठ १५ गते तरकारी र फलफूल बोकेका ६ वटा ट्रक नियन्त्रणमा लिई डोजर बोलाएर खाल्डो खनेर गाडिदिए । पोखरा ३३ बागमारामा पनि भोलिपल्ट तरकारी त्यसरी नै गरी गाडियो ।

तरकारी भित्र्याउन रोक लगाइएको र आएको तरकारी नष्ट गरेकोमा व्यापक विरोधपछि पोखरा महानगरपालिकाले सोमबार छुट्टै मापदण्ड तय गरेको हो । महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरूमा फलफूल तथा तरकारी भित्र्याउँदा अनिवार्य चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको हो ।
तरकारी व्यापारीलगायत जताततैबाट सामाजिक सञ्जालमा अत्यधिक विरोध सुरु भयो । धेरै असन्तुष्टि नै व्यक्त भए । पोखरा महानगरले सोमबार सर्वत्र आलोचना भएपछि बाह्य जिल्लाबाट तरकारी नल्याउने र आएको तरकारीलाइ नष्ट गरेको अव्यावहारिक निर्णयलाई फिर्ता लिएको छ । कोरोना भाइरस सङ्क्रमणकाे डर भन्दै आयातीत फलफूल तथा तरकारी भित्र्याउन रोक लगाइएकोमा व्यापक विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरेको हो ।

लकडाउन लम्बिने र मङ्हगी बढेर दिक्क परेको बेला त्यसरी तरकारी नष्ट गरेको देख्दा पोखरेलीहरू थप आक्रोशित भएका हुन् । कास्कीमा कुनै जिल्लाबाट तरकारी भित्र्याउन नपाइने निर्णय गरेकोले सोही अनुसार लागी परेको वडाअध्यक्षहरूको भनाइ छ । पोखरा - १५ का वडा अध्यक्ष प्रकाश पौडेल, पोखरा - ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्य निणर्य अनुसार तरकारी नष्ट गरेकाे बताउनुहुन्छ ।

गण्डकी प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पनि सामाजिक सञ्जालमार्फत कडा शब्दमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।  महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरूमा फलफूल तथा तरकारी भित्र्याउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक छ बुदे सूचना जारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?