logo
२०८० चैत्र १६ शुक्रवार



मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन

अर्थ |
अन्तर्राष्ट्रिय |


मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन


हङकङ, जेठ १३ गते।चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उहाँ ९८ वर्षका हुनुहुन्थ्यो ।
अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उहाँले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेल्नु भएको थियो ।
उहाँ पूर्व पोर्चुगाली उपनिवेश मकाउकै सर्वाधिक धनी व्यक्ति हुनुहुन्थ्यो । उहाँको चीन र हङकङमा समेत ठूलै प्रभाव थियो, तर अमेरिकी अधिकारीहरुका अनुसार स्टान्लेको सम्बन्ध र सम्पर्क संगठित अपराधी समूहसँग पनि रहेको थियो । अग्ला, निकै आकर्षक र चिनियाँ तथा युरोपेली शैली सम्मिश्रण भएका स्टान्लेका चार जना पत्नीबाट १७ जना छोराछोरी जन्मेका थिए ।
तर स्टान्ले आफैंले भने क्यासिनो नखेलेको विश्वास गरिन्छ ।
एसोसिएटेड प्रेसले सन् २००१ मा लिएको अन्तर्वार्तामा स्टान्लेले भन्नुभएको थियो, “म जुवा खेल्दिनँ । मलाई त्यति धैर्य नै हुँदैन । यस्ता खेलबाट पैसा कमाउने आशा पनि गर्नु हुँदैन । यो घरभित्र खेलिने खेल हो, र यो घरभित्रै सीमित हुन्छ ।”
स्टान्लेले क्यासिनोजस्ता मनोरञ्जन उद्योगदेखि हेलिकप्टर सेवा, होटल, डिपार्टमेन्ट स्टोर, मकाउको विमानस्थल र घोडादौड कोर्समा लगानी गर्नु भएको थियो । उहाँको सन् २००९ मा मस्तिष्कको शल्यक्रिया गरिएको थियो, र त्यसपछिका दिनहरुमा उहाँ अक्सर ह्वीलचेयरमा सार्वजनिक समारोहमा देखिने गर्नु हुन्थ्यो । पछिल्ला दिनहरुमा उहाँ आफ्ना सन्तानलाई सम्पत्तिको बाँडफाँडका विषयमा तनाबमा पर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप