logo
२०७७ जेष्ठ १६ शुक्रवार

गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव जङ्गलमा अन्त्येष्टि

खुला |


2020-05-22-14874


रुपन्देही, जेठ ९ गते । गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।    

अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबिच छलफलपछि आज अपराह्न पौने २ बजे बुटवलदेखि पूर्वतर्फको जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

यही जेठ १ गते उपचारका लागि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल भर्ना हुनुभएका उहाँको जेठ ८ गते बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?