logo
२०८० चैत्र १५ बिहीवार



इन्जिन निर्माता रोल्स–रोयसबाट नाै हजार कर्मचारी कटौती

अन्तर्राष्ट्रिय |
अर्थ |


इन्जिन निर्माता रोल्स–रोयसबाट नाै हजार कर्मचारी कटौती


लन्डन, जेठ ७ गते। बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई बिदाइ गर्ने जनाएको छ ।

कम्पनीको प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान सङ्कट आफूहरूका कारण सिर्जना नभएको जनाउँदै यस सङ्कटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताउनुभएको छ । उहाँले जारी गर्नु भएको वक्तव्यमा विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनै पर्ने स्थितिमा आफूहरु पुगेको स्पष्ट गर्नु भएको छ । इन्टले भन्नुभएको छ, “हाम्रा हवाई ग्राहकहरु पनि यस्तै समस्यासँग जुधिरहेका छन् र हामीले पनि त्यही पदचिह्नमा हिँड्नुको विकल्प छैन ।”

रोल्स रोयल्समा हाल विश्वभर करिब ५२ हजार कर्मचारी छन् । कर्मचारी कटौतीबाट कम्पनीको वार्षिक बचत १ अर्ब ६० करोड डलरभन्दा बढी हुनेछ ।
कम्पनीका कर्मचारीको व्यवस्थापन र अन्य कार्यका लागि करिब ८० करोड पाउन्ड खर्च हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?