logo
२०८१ बैशाख १३ बिहीवार



चार–चार बुट्टाको दुरी कायम गरेर चिया टिप्नु पर्ने

अर्थ |


चार–चार बुट्टाको दुरी कायम गरेर चिया टिप्नु पर्ने


प्रेम अधिकारी
पशुपतिनगर(इलाम) चैत्र २० गते ।  लामो समयको लकडाउनका कारण बगानमै हुर्की रहेको इलामका बगानको चिया टिप्न स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड तयार पार्न थालिएको छ ।
टिप्न नपाए पछि इलामका चिया बगानमा ‘फस्ट फ्लस’ (पहिलो टिपाईको चिया) बोटमै हुर्की रहेको अवस्थामा सूयोदय नगरपालिका र प्रदेश १ सरकारको पहलमा चिया टिप्नका लागि स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड तयार पार्न थालिएको हो ।

नगरपालिकाले सामाजिक दुरी कायम गरी उच्च सुरक्षाका साथ चिया टिप्ने वातावरण निर्माण गर्न चिया किसान, मजदुर , उद्योगी संग परामर्श गरिरहेको छ । इलाममा चियाको पहिलो टिपाइ (फस्ट फलस) सुरु भईसक्दा पनि कोरोना संक्रमण पछि गरिएको लकडाउनका कारण चिया टिपाइ हुन सेकेको छैन् ।

सिजनको चिया बगानमै हुर्कीए पछि उद्योगी ब्यवसायीले समेत चिया क्षेत्रमा जोखीम कम गरेर बगान र काखाना संचालन गर्ने बातावरण बनाउन स्थानीय सरकार संग माग गर्दै आएका छन् । चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कोरोना भाईरसबाट बच्ने उच्च सुरक्षा अपनाएर र सुरक्षीत भएर चिया टिप्नका लागि मापदण्ड तयार गरेर सबै पक्ष संग छलफल गरीरहेको जानकारी दिनु भयो ।

प्रमुख राईले चिया टिप्न नपाएर बगानमै थन्कीदा करोडौंको क्षती हुने भएपछि संघीय सरकार , प्रदेश सरकार र चिया तथा राष्ट्रिय चिया कफी बिकास बोर्ड र उद्योगी संगको समन्वयमा चिया टिपेर कारखाना लैजाने वातावरण निर्माण गर्नका लागि सूर्योदयन गरपालिकाले निश्चित मापदण्ड तयार गरेको बताउनु भयो ।
नगरपालिकाले १८ वटा बुँदामा सचेत भएर मात्र किसान , उद्योगी र ब्यपारीलाई चिया टिप्ने र कारखानामा लैजाने काम गर्न मापदण्ड तयार पारेको छ । नगरले चिया टिप्न जादा प्रत्येक चार÷चार बुट्टा बिचको सामाजिक दुरी कायम गरेर मात्र चिया टिप्न पाउने जनाएको छ । नगर प्रमुख राईले भन्नु भयो ‘सुरक्षाका सबै उपाय अपनाएर मात्र चिया टिप्न दिन्छौ, हामीले तयार पारेका मापदण्ड भित्र रहेर चिया टिप्न सकिन्छ, सबै संग यो बिषयमा छलफल जारी छ ।’

नगर प्रमुख राईले नगरले बनाएका बिषयमा छलफल भैरहेकाले तीन देखि चार दिन भित्रमा चिया टिपाई शुरु गर्न सकिने जानकारी दिनु भयो । उक्त मापदण्ड किसान चिया उद्योगले पालना गर्न तयार भएमा चिया टिपाई शुरु हुने छ । नगर प्रमुख राईले नगरले जबरजस्ती मापदण्ड लादने नभई स्वास्थ्य सुरक्षा संग जोडीएको बिषय भएकाले सबैले सचेत बन्नु पर्ने बताउनु भयो ।

नगरले चिया टिप्ने किसान , मजदुर , उद्योगीले अनिवार्य माक्स , पंजा , साबुन पानी र सेनीटाईजर अनिवार्य प्रयोग गर्न भनेको छ । चिया टिप्न र चिया क्षेत्रमा काम गर्ने मजदुरले खाजा पानी समेत घरबाटै लैजानु पर्ने नियम नगरपालिकाले बनाएको छ । दिउसो २ बजे सम्ममा किसानले चिया टिपेर संकलन केन्द्रमा लैजानु पर्ने र संकलन केन्द्रले साँझ ४ बजे सम्ममा उद्योगमा पु¥याई सक्नु पर्ने छ ।

किसान र उद्यागले चिया ढुवानी गार्दा एक बोरामा ३० किलो ग्राम सम्म मात्र राख्नु पर्ने , कारखानामा ३ जना र ढुवानी गर्ने सवारी साधनमा २ जना मात्र मजदुर राख्नु पर्ने , श्रमीक र कामदारको विवरण अनिवार्य वडामा बुझाउनु पर्ने र समय समयमा कामदारको स्वास्थ्य परीक्षण गराई रहनु पर्ने नगरले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । चिया बगान र मजदुरका बिषयमा नगरले बेला बेलामा अनुगमन समेत गर्ने भएको छ । यस अघि नै देउमाई नगरपालिकाले सुरक्षा अपनाएर चिया टिप्न र कारखाना लैजाने निर्णय गरे पछि त्यहा चिया टिपाई र प्रसोधनको काम शुरु भएको छ ।

मुख्य आम्दानीका रुपमा चिया खेती गर्दै आएका किसानलाई चिया टिप्न नपाए पछि समस्या भएको छ भने चिया बगानमा ज्याला मजदुरी गर्ने सयौ मजदुरलाई हातमुख जोर्न समस्या पर्न थालेको छ । सिजनमा चिया प्रसोधन गर्न नपाउदा कारखाना पनि उत्तीकै समस्यामा परेका छन् ।

प्रदेश १ का भूमी ब्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर रानाले चियाको पकेट क्षेत्र नै प्रदेश १ भएकाले अन्य क्षेत्रमा पनि सुरक्षा अपनाएर चिया टिप्ने वातावरण निर्माण गरिने जानकारी दिनु भयो । अन्य क्षेत्रमा छलफल भई रहेको जानकारी मन्त्री रानाले मापदण्डमा सहमती गरेर चिया टिपाई र प्रसोधनको काम थालिने जानकारी दिनु भयो ।
सिजनको शुरुको अर्थात फस्ट फलसको चियाको मूल्य कारखानाले समेत उच्च लगाउने गरेका छन । कारखानाले उत्पादन गरेको फस्ट फलसको चिया बिश्व बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । इलाममा पाँच हजार पाँच सय ८२ साना किसान ६० दशमलब ६ प्रतिशत चियामा आश्रीत रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?