logo
२०८१ बैशाख ८ शनिवार



राष्ट्रिय औद्योगिक सर्वेक्षण स्थगित

अर्थ |


राष्ट्रिय औद्योगिक सर्वेक्षण स्थगित


हेटौँडा, चैत १८ गते । कोरोना भाइरसका कारण राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ तथ्याङक सङ्कलन कार्य स्थागित भएको छ । जिल्ला तथ्याङ्क कार्यालय मकवानपुर हेटौँडाद्वारा धादिङ र मकवानपुरमा फागुन महिनादेखि शुरु भएको औद्योगिक सर्वेक्षण काम प्रभावित भएको बताइएको छ ।

कार्यालय प्रमुख राजेश दासका अनुसार मकवानपुर र धादिङ जिल्लामा रहेको औद्योगिकको सर्वेक्षण यही फागुनबाट शुरु भई २०७७ वैशाखसम्म पूरा गर्नुपर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण स्थगित गर्नु परेको बताइएको छ ।

प्रत्येक दश वर्षमा औद्योगिक सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणका लागि मकवानपुर र धादिङमा पाँचजना कर्मचारी खटाइएको थियो । नेपालमा औद्योगिक सर्वेक्षण २०२२ मा शुरु भएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै सो कार्यालयद्वारा शुरु भएको नमूना जनगणना पनि स्थगित भएको छ । आगामी २०७८ मा हुने जनगणनाको नमूना जनगणना शुरु भएको थियो । सो नमूना जनगणना यही चैत मसान्तमा पूरा गर्नुपर्ने थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?