logo
२०८१ बैशाख ८ शनिवार



लकडाउनका बीचमा धान रोप्नमा व्यस्त किसानहरु

अर्थ |
फिचर |


लकडाउनका बीचमा धान रोप्नमा व्यस्त किसानहरु


मुरारी अधिकारी
धादिङ, चैत्र १८ गते । सरकारले विश्वव्यापी रुपमै महामारी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न चैत ११ गते देखि लकडाउन गरेको छ । सरकारले लकडाउन गरेपनि किसानहरुलाई भने यतिखेर चैते धान रोप्ने, मकै छर्ने र गोड्ने चटारो छ । अत्यावश्यक काम वाहेक अन्य काममा घर बाहिर ननिस्कन स्थानीय प्रशासनले आग्रह गरेपनि मौषम अनुसार खेती गर्नै पर्ने भन्दै किसानहरु यतिखेर खेत बारी भरि काममा व्यस्त भएका देखिन्छन् ।

कतिपय किसान कोारोना भाइरस र यसको प्रभावबारे कुनै जानकार छैनन् । नीलकण्ठ ८ कुमालगाउ“का अधिकांशलाई कोरोना भाईरसबारे अत्तोपत्तो पनि छैन । चैत महिनाको पहिलो हप्ता देखि सदरमुकाम नजिकका तल्लोबेसी, बिर्ताबेसी, जलविरे, कोइराला फाँट लगायतका चैतेधान रोप्ने फा“टहरुमा किसानहरु काममा नै व्यस्त देखिन्छन् ।

आफनो खेतमा २ वाली धान लगाउदैं आएका धादिङका किसानहरुलाई लकडाउनले छोएको छैन । सधैंका वर्ष झैं यसपाली पनि चैते धान रोप्न गजुरी, नीलकण्ठ नगरपालिका, थाक्रे, गल्छी लगायत गाँउपालिकाका किसानहरु मानो रोपेर मुरी फलाउने समय हो भन्दै पर्ममा चैते धान रोपाइँ गरिरहेका छन् । किसानहरु लकडाउनमा बस्दा व्याडमा धानको बिरुवा बुढिन्छ ।

घरपरिवारका मानिसले मात्र गरेर काम सकिदैन । अर्मपर्म गर्नै प¥यो । ज्यानको माया भएर पनि काममा लाग्नै पर्ने बाध्यता रहेको स्थानीय किसान विष्णु अधिकारी बताउनु हुन्छ । अर्का किसान बुधे सार्की अहिले काम नगरे असार पछि खान नपाइने तर्क राख्नु हुन्छ । सार्कीका अनुसार गाउँमा नयाँ ठाउँका मान्छे आएका छैनन्, सुरक्षित भएर काम गरेका छौँ, काम गर्नु हाम्रो रहर होइन बाध्यता हो ।

यस्तो समस्या ति किसानको मात्र नभइ अधिकांश किसानको हो । आफ्नो खेत नहुने किसानहरुले पनि अरुको खेत अधियाँमा वा ठेक्कामा लिएर चैतमा धान रोप्ने गर्दछन् । यो समयमा अधिकांस खोलामा रहेकाखेतहरुमा धान रोप्ने समय भएको छ ।

यो समय मकै रोप्ने समय पनि हो । किसानहरु एक हप्ता लकडाउनमा बस्दा ज्वालामुखी गाँउपालिका भित्र मात्रै करिव आठै सय हेक्टर खेत बारी बाँझो रहन्छ । यसरी खेतबारी बाँझो रहदाँ एक तिर व्याडमा वीउ बुढिने अर्को तर्फ बर्खामा खाद्यान्न अभाव हुन चिन्ता हुदाँहुदैं पनि काममा किसानहरु निस्केको गाउंपालिका प्रमुख विनोदराज तिमल्सिना बताउनु हुन्छ ।
पहिला धेरै खेताला बोलाएर एक जनाको एक खण्ड एकै दिन सक्ने गरी रोपाइँ गरिन्थ्यो । अहिले नजिकका साथीहरुसंग मात्रै अर्मपर्म गर्नु पर्ने अवस्था छ । आफ्नो खेतसंग सीमाना जोडिएका अर्को गाँउका साथीहरुलाई आफ्नै गाँउका साथीहरु बोलाएर भएपनि रोपाइँ नगरी धर छैन । बेलुका समाचार सनेर सुत्दा मन झस्किए पनि बिहान उठेर दरो मन बनाएर काममा निस्कनुको विकल्प छैन गजुरीका स्थानीय किसान शिव अधिकारीले भन्नुभयो ।

उज्वल भविष्यको खोज गर्दै गाँउ छाडेर शहरबजार र विदेश पसेकाहरु पनि कोराना भाइरसको संक्रमणबाट जोगिन गाँउआएका छन् । यतिवेला धादिङका गाउ“वस्ती हरु युवाले भरिएका छन् । यो बेला कामका लागि पनि सहज भएको स्थानीय किसानहरुको भनाइ छ । नीलकण्ठ नगरपालिका १२ का किसान शिव सापकोटका अनुसार ‘गत वर्ष सम्म नगद ज्याला दिएर पनि खेतमा काम गर्ने खेताला नपाएर हम्मे पर्ने गरेको थियो तर यसपाला लकडाउनमा घरफर्केकाहरु घरभित्रै कुजिएर बस्नुभन्दा ज्याला मजदुरी नलिएरै पनि खेतमा काम गर्न तम्सिन्छन् ।’ ठूलो संख्यामा खेतला प्रयोग गरेर काम गर्नु भन्दा थोरै संख्यामा धेरे दिन लगाएर सुरक्षित बनेर काम गर्न सिकाउनु आवश्यक रहेको अगुवा किसान विष्णप्रसाद पोखरेलको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?