logo
२०८१ बैशाख १३ बिहीवार



तीन लाख मुल्य बराबरको ३० क्वीन्टल छोकडा बरामद

अर्थ |


तीन लाख मुल्य बराबरको ३० क्वीन्टल छोकडा बरामद


शिवशंङ्कर मिश्र 
बारा, चैत १४ गते । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चार दिनदेखि घोषित लकडाउनले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको समय तस्करी सुरु भएको छ ।

भाईरसको जोखिम कमगर्न प्रहरी जनशक्ति जनताको सुरक्षामा रहेको बेला तस्करहरुले मौकाको फाईदा उठाउदै तीन लाख मुल्य बराबरको ३० क्वीन्टल छोकडा लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर–२ कान्तिपुरटोलको बोर्डर सीमाक्षेत्रमा लुकाई छिपाई राखेको अवस्थामा सो परिमाणसहितको छोकडा र १२ वटा साईकल बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

सुराकीबाट प्राप्त सूचना बिहिबार बिहान सावाँ ५ बजे जिल्लाबाट गएको प्रहरी टोली सो छोकडा बरामदगरि आजै आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?