logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेस महासमिति सदस्य लामाको निधन

खुला |


काँग्रेस महासमिति सदस्य लामाको निधन


काठमाडौँ, चैत १४ गते । नेपाली काँग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ । काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहनुभएका लामा महेन्द्र बौद्ध माध्यामिक विद्यालय व्यवस्थापन समिति तथा चक्रबहादुर ठकुरी फाउण्डेशनका अध्यक्ष हुनुहुन्थ्यो । संयुक्त अधिराज्य बेलायतबाट स्नातकोत्तर उत्तीर्ण लामा बौद्धधर्मका ज्ञातासमेत हुनुहुन्थ्यो । लामाका श्रीमती, एक छोरा, एक छोरी हुनुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?