logo
२०८० चैत्र १५ बिहीवार



रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात सुचारु गरिने

अर्थ |


रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात सुचारु गरिने


दीपक श्रेष्ठ

काठमाडौँ, चैत १२ गते । स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनको रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात कार्य सुचारु गरिने भएको छ । आयात निर्यात सुचारु गर्न आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्नेछ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । 

विदेशी नागरिकलाई फर्काइने

बैठकले नेपालमा रहेका विदेशी नागरिकलाई आफ्नो मुलुक फर्काउने भएको छ । नेपालका विभिन्न स्थानमा रहेका विदेशीलाई हवाई उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर सम्बन्धित मुलुक फर्काइने बैठकले निर्णय गरेको छ । विदेश फर्कीजान उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकैको होटलहरुमा सेल्फ क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

विदेशबाट फर्किएकाको अभिलेख राखिने बैठकले भारत एवं सेस्रो मुलुकबाट फर्किएका नेपालीको अभिलेख राख्न स्थानीय तहलाई निर्देशन दिएको छ । विदेशबाट फर्किएकाहरुको स्वास्थ्य सम्बन्धी अभिलेख दैनिक रुपमा राख्नुपर्ने र स्थानीय स्वास्थ्य संयोजकले कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनुपने जनाइएको छ । प्राप्त विवरणलाई प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपल्कालिन कार्य सञ्चालन केन्द्रमा पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

सो केन्द्रले आपत्कालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रमा दैनिक रुपमा पठाउने व्यवस्था गरिने जनाइएको छ । यस्तै, प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ । इन्डक्सनमा भन्सार छुट बैठकले इन्डक्सन चुल्हो प्रयोगमा उपभोक्तालाई प्रोत्साहित गर्न विद्युत महसुल र भन्सार महसुलमा छुट दिने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण इन्धन आपूर्तिमा पर्नसक्ने असरबाट उपभोक्तालाई राहत दिन विद्युत महसुल र इन्डक्सनमा भन्सार महसुल छुट दिने व्यवस्था गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?