logo
२०८० चैत्र १६ शुक्रवार



भारतबाट फर्केकाहरुको स्थानीय तहद्धारा क्वारेन्टाइनमा ब्यबस्थापन 

खुला |


भारतबाट फर्केकाहरुको स्थानीय तहद्धारा क्वारेन्टाइनमा ब्यबस्थापन 


डिलबहादुर सिंह
डोटी, चैत १२ गते । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को सँंक्रमणको त्रासका कारण भारतबाट घर फर्किएका डोटी जिल्लाका बिभिन्न स्थानीय तहका ब्यक्तिहरुलाइ सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन । भारतिय सिमामा रोकिएका उनिहरुलाइ मंगलबार मात्र सुदूरपश्चिम प्रदेश सरकारले घर पठाउने ब्यबस्था गरेको थियो । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार भारतबाट फर्किएका डोटी जिल्लाका २ सय ४८ जनालाइ सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनको निर्माण गरि १४ दिन सम्म राख्ने ब्यबस्था गरेका छन् ।

स्थानीय तहहरुले सार्वजनिक भवन, बिद्यालय, सम्बन्धित वडा कार्यालयहरु लगायतका स्थानहरुलाइ क्वारेन्टाइनका रुपमा प्रयोग गरेका छन् । दिपायल देखि सम्बन्धित स्थान सम्म लैजाने क्रममा लाग्ने यातायात खर्च देखि क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पुर्ण खर्च स्थानीय तहहले ब्यहोरेका छन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका र के.आइ.सिंह गाउँपालिकाले दिपायल राजपुरमा रहेको सेतीसभा हलमा ३२ जनालाइ राख्ने ब्यबस्था गरेका छन् । सायल गाउँपालिकाले वडा नं. ३ को कार्यालय भवनलाइ क्वारेन्टाइनको रुपमा प्रयोग गरेको छ । बोगटान गाउँपालिकाले सामुदायिक बिद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरी ४४ भन्दा बढी ब्यक्तिहरुलाइ राखेको जानएको छ ।
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले भन्नुभयो, –‘भारतबाट फर्किएका नगरपालिका क्षेत्रका ब्यक्तिहरुको लागि राजपुर स्थित सेतिसभाहलमा क्वारेन्टाइनको ब्यवस्था गरी गरिएको छ । क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पुर्ण खर्च हामिले ब्यहोरेका छौं ।’

भारतबाट फर्किएकाहरु क्वारेन्टाइनमा बस्न नमाने पछि केहि बेर सम्झाई बुझाइ गर्नु परेको थियो । लगातारको ८ दिनको यात्राको कारण थकित भईसकेको हुदा आफुलाई फेरी क्वारेन्टाइनमा बस्न गाहे भएको धेरैको भनाई थियो ।
त्रास बाताबरण
डोटी जिल्लाका ग्रामीण क्षेत्रहरुमा विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को सँंक्रमण त्रास फैलिएको छ । भारतमा सँक्रमणको डरका कारण भारतमा काम गर्दै आएका नेपालीहरु घर फर्किएपछि ग्रामीण क्षेत्रमा सँक्रमणको त्रास फैलिएको हो । डोटीको सायल गाउँपालिका स्थीत जनता जनार्दन माध्यामिक बिद्यालयका प्रधानाध्यापक टिकादत्त जोशीले भन्नुभयो, – ‘भारतबाट काम गर्न गएकाहरु घर फर्किएका कारण गाउँघरमा चहलपहल सँगै सँक्रमण हुन सक्ने भन्दै त्रास पनि फैलिएको छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?