logo
२०८१ बैशाख ४ मंगलवार



बझाङमा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्ष सहित १० जना घाइते, दुईको अवस्था गम्भीर

पढ्नै पर्ने |
फिचर |


बझाङमा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्ष सहित १० जना घाइते, दुईको अवस्था गम्भीर


शैलेन्द्र रोकाया

बझाङ, फागुन ८ गते । जिल्लाको खप्तड छान्ना गाउँपालिका १ पौवागडीबाट सोही गाउँपालिकाको गडराय जादै गरेको सुपप्र ०१००१ ज १२२० नम्बरको विद्यार्थी बोकेको जिप दुर्घटना हुदाँ खप्तड छान्ना गाउँपालिका उपाध्यक्ष पाउसरा थापा सहित १० जना घाइते भएका छन् ।

गाउँपालिकाले महेश्वरी मावि गडरायमा आयोजना गरेको गाउँपालिका स्तरिय अध्यक्ष कप तथा राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद कार्यक्रममा सहभागी हुन गएका विद्यार्थी सहित शिक्षक बोकेर गएको महेन्द्राको बोलेरो जिप सोही गाउँपालिका ७ बिडा नजिकै सिमको मोडमा दुर्घटना भएको हो ।

दुर्घटना परि घाइते हुनेमा खप्तड छान्ना गाउँपालिका २ का गाउँपालिका उपाध्यक्ष पाउसरा थापा, सोही गाउँपालिका १ का बर्ष २१ अर्जुन खत्री, बर्ष २१ का लक्ष्मण खत्री,बर्ष १८का रबिन्द्र जोशी बर्ष १८का सुमन सार्की, बर्ष १५का सुमन बिक बर्ष १४ का बिनोद बिक बर्ष २०का रुपा उपाध्याय, बर्ष ४२का देबी भक्त जोशी र सोही गाउँपालिका ३ का शिक्षक नरेन्द्र उपाध्याय रहेको छान्ना प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भुवन सिंह बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षक नरेन्द्र उपाध्याय र सुमन बिक गम्भीर घाईते भएका छन् भने अरुको अबस्था सामान्य रहेको छ । जिप तिब्र गतिमा भएको र क्षमता भन्दा बढी यात्रु समेत बढी बोकेका कारण मोडमा दुर्घटना भई सडक किनारामा पल्टिएको समेत प्रहरी नायव निरिक्षक बोहराले बताउनुभयो । प्रहरीले बोलेरो चालक टेकसिंह साउत नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?