logo
२०८० चैत्र १६ शुक्रवार



चेकजाँच गर्दै गरेका असइको बोलेरोको ठक्करले मृत्यु

खुला |


चेकजाँच गर्दै गरेका असइको बोलेरोको ठक्करले मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २ गते । तिव्र गतिबमा आएको बोलेरेको ठक्करबाट प्रहरीचौकी अगाडि को सडकमा ड्युटीमा रहेका प्रहरीको निधन भएको छ । काठमाडौबाट पाँचखाल जाँदै गरेको बा१९प १३२३ नंम्बरको बोलेरोले अरनिको राजमार्गको साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

तिव्र गतीमा दौडिएको बोलेरोले उनलाई नियमित चेकिङका क्रममा ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । मृतक गु्रुङ प्रहरीचौकी साँगाका इन्चार्ज हुनुहुन्थ्यो ।
गुरुङको शव पोष्ट मार्टमको लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?