logo
२०८१ बैशाख ८ शनिवार



प्रधानमन्त्रीले आज दिउँसो २ बजे प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने

पढ्नै पर्ने |


प्रधानमन्त्रीले आज दिउँसो २ बजे प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने
फाइल तस्बिर


काठमाडौँ, फागुन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो २ बजे प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने भएको छ ।

सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गर्नुभएको हो ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने जानकारी दिनुभयो ।

वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?