logo
२०८१ बैशाख १३ बिहीवार

  नेपालमा मास्क उत्पादन 



आत्तिनु पर्दैन दुई दिन मै तयार गर्न सक्छौं :व्यबसायी

अर्थ |
पढ्नै पर्ने |


आत्तिनु पर्दैन दुई दिन मै तयार गर्न सक्छौं :व्यबसायी


केशवराज पौडेल
काठमाडौं, माघ २३ गते । नोवल कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालको बजारमा माक्सको अभाव देखिन थालेको छ । तर नेपाली मास्क उत्पादक भने सरकारले निर्देशन दिए दुई दिनमा चाहिए जति माक्स उत्पादन गर्न सक्ने बताउँछन् ।
नेपालमा अहिले नेपाल घरेलु तथा साना उद्योग महासंघ आबद्ध करिब दुई दर्जन माक्स उद्योगहरू संचालनमा रहेका छन् । उनीहरुले बजारको माग अनुसार सात प्रकारको माक्स उत्पादन गर्ने गरेको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो ।
उहाँले विगतमा देशमा आन्तरिक खपतका लागि स्वदेशी उद्योगहरूले पर्याप्त मात्रामा माक्स उत्पादन गर्न सक्न अवस्था रहे पनि सरकारले विदेशबाट माक्स आयतमा रोक नलगाउँदा उद्योगहरू बन्द हुने स्थितिमा पुगेको गुनासो गर्नुभयो ।
‘सरकारले निर्देशन दिएमा हामी बजारमा आवश्यक रहेको माक्स दिन तयार रहेका छौ’ उहाँले भन्नुभयो ।
नोवल कोरोना भाइरसका खतरालाई मध्यनजर गदैै सरकारले नेपालबाट माक्स निर्यात रोकेको छ । विश्वका विभिन्न देशहरुबाट नेपालमा आएको माक्स पुनः उनीहरुकै देशमा फर्काउने खतरादेखेपछि सरकारले माक्सको निर्यात रोकेको हो ।
नेपाली बजारमा विश्वका विभिन्न देशहरुका उच्च स्तरीय माक्सको बोलबाला भएपनि नेपालमा माक्स उत्पादन गरिरहेका साना तथा घरेलु उद्योगीहरु भने नेपालमा आवश्यक पर्ने सबै प्रकारका माक्स आफूहरूले उत्पादन गर्ने सुनाउँछन् ।
‘नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेकाले नेपालमा जुनसुकै समयमा माक्स आवश्यक पर्छ’ अध्यक्ष सिंहले भन्नुभयो । नेपाल सरकारले कहिल्यैपनि नेपाली उत्पादन माक्स आवश्यक पर्छ भनेर नसोचेका कारण माक्सको अभाव हुने अवस्था आएको बताउनुभयो ।
नेपालमा २० रुपियाँ पर्ने देखि एक हजार मूल्यसम्मका माक्स आफूहरुले उत्पादन गर्ने गरेको अध्यक्ष सिंहले बताउनुभयो । ‘हामीले विगत लामो समयदेखि माक्स उत्पादन गरे पनि चिनियाँ माक्सको पेलाइको कारणल हामी विस्थापन हुने अवस्थामा पुगेका थियांै, तर देशलाई आवश्यक परेको समयमा सरकारले माक्स बनाउन भन्छ भने दुई दिनमै आवश्यक रहेको माक्स बनाउन तयार छौं’ अध्यक्ष सिंहले भन्नुभयो ।
केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका महासचिव बिनोद मानन्धरले फेब्रुअरी १ देखि नेपालमा विदेशबाट मास्क आउन रोकिएको बताउनुभयो ।
उहाँले भारत सरकारले मास्क निर्यातमा रोक लगाए पछि एन–९५ मास्क आउन रोकिएको बताउँदै शुक्रबार नेपाल सरकारको सम्बन्धित निकायमा जानकारी गराउने बताउनुभयो ।
नेपालमा भारत, चीन, मलेशिया, टर्कीबाट माक्स भारतीय बाटोहुँदै आउने गरेपनि एक सातादेखि माग भएको माक्स समेत भारतमै रोकिएको बताउनभयो ।
बजारमा रहेको माक्स अस्पताल तथा सर्वसाधारणले खरिद गरिसकेकाले यो माक्सको बजारमा माग भैरहेको उहाँले बताउँनुभयो । उहाँले माक्स वितरकहरुसँग छलफल गरेर शुक्रबार सरकारी निकायलाई यसको जानकारी गराउने मानन्धरले स्पष्ट पार्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?