logo
२०८० चैत्र १६ शुक्रवार



कार्टेलिङ गर्नेको विवरण खोज्दै सरकार, बजार अनुगमलाई गति दिइँदै

अर्थ |
पढ्नै पर्ने |


कार्टेलिङ गर्नेको विवरण खोज्दै सरकार, बजार अनुगमलाई गति दिइँदै


मुकुन्द गैरे

काठमाडौं माघ २३ गते । वााणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ ।

बजारमा अनुगमन कम हुँदा दैनिक उपभोग्य समानको मूल्य आकासिएको जनगुनासो आइरहेको बेला अनुगमनलाई परिणाम देखिने गरि काम सुरु गरिएको विभागले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा मासुको मूल्य व्यापारीको कार्टेलिङका कारण बढेको जानकारी दिंदै यस विषयमा पशु सेवा विभागसँग समन्वय गरेर विस्तृत निचोड निकाल्ने र कार्टेलिङ गर्ने व्यापारीलाई कारवाही अगाडि बढाउने जानकारी दिनुभयो ।

महानिर्देशक सुवेदीले लसुनको मूल्य बढ्नुमा सप्लाई कम हुँदा भएको बताउँदै मासुको कार्टेलिङमा को–को मिलेर गरेका छन् त्यसको विस्तृत विवरण खोज्ने बताउनुभयो ।

चालु आर्थिक वर्षको ६ महिनामा विभागले ८०७ व्यवसायिक फर्ममा अनुगमन गरेको थियो । संरक्षण विभागले उक्त अनुगमन गर्दा २८६ फर्मलाई कारवाही अगाडि बढाएको छ । साथै यि मध्ये १३३ जनालाई स्पष्टिकरण सोधिएको र ४७ फर्मलाई कारोवार रोक्का (सिलबन्दी) गरिएको थियो । अनुगमनका क्रममा दुई वटा फर्म विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको र १८ फर्मबाट संकलित नमुनाको गुणस्तर परीक्षणका लागि पठाईएको विभागले जनाएको छ । सो अवधिमा २८६ फर्मको कारबाहीबाट एक करोड ५१ लाख रुपियाँ जरिवाना गरिएको थियो ।

यता कुखुरा उत्पादक संघका अध्यक्ष झनक पौडेल ठूला कोल्ड स्टोरका विचौलियाका कारण मासुको मूल्य आकासिएको आरोप लगाउनुहुन्छ । विगत देखि कोल्ड स्टोरका मालिकहरूले किसान सँग कुखुरा छैन्न भनेर मुल्य बढाउने गरेको उहाँको आरोप छ ।

मासुको मुल्य बजारमा सन्तुलन राख्न ठुला कोल्ड स्टोरहरुका विचौलियाहरुलाई सरकारले कारवाही गर्नु पर्नेमा उहाँको भनाई छ । किसानले जहिले पनि बजार मूल्य नपाउने र विचौलियाहरु सधै मोटाउने रहेको अवस्था रहदै आएको उहाँ बताउनुहुन्छ ।

उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष ज्योति बाँनियाले सरकारले बजार अनुगमन कम गर्दा व्यापारीको काटेलिङ एक पछि अर्को सामानमा भईरहेको बताउनुहुन्छ । मासुको मूल्य आकासिनुमा चितवनमा २३५ जना व्यापारीको काटेलिङको प्रमुख कारण भएको जानकारी दिर्दै उनीहरुलाई कारवाही गर्ने जरुरी रहेको उहाँको भनाई छ ।

उपभोक्ता ऐनमा कार्टेलिङ भन्ने शब्द बोल्न समेत नमिल्ने प्रावधान भए पनि कालोबजारी गर्न पल्किएका व्यापारीहरुले लुट मच्चाउँदा पनि सरकारले कारबार्ही गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले कालोबजारी रोक्न बजार अनुगमनलाई परिणाम आउने अगाडी बढाउन जरुरी रहेको अध्यक्ष बाँनिया बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?