logo
२०८० चैत्र १६ शुक्रवार



नेकपाको केन्द्रीय कमिटिको बैठक सुरु (लाइभ)

पढ्नै पर्ने |


नेकपाको केन्द्रीय कमिटिको बैठक सुरु (लाइभ)


गोरखापत्र अनलाइन

काठमाडौ, माघ १५ गते । सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । राष्ट्रिय सभा गृहमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।  पार्टी एकीकरण भएको २० महिनापछि दोस्रो पटक बस्न लागेको बैठकमा साविकको नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकतापछिको एजेण्डा तय भएर बैठक बस्न लागेको हो । नेकपाको केन्द्रीय कमिटिमा ४४१ सदस्य रहनु भएको छ । केन्द्रीय कमिटीको बैठकका लागि पार्टी कार्यालयमा स्थान अभाव भएपछि राष्ट्रियसभा गृहमा बैठक डाकिएको थियो । बैठकमा केन्द्रीय कमिटी र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी हुने नेकपाले जनाएको छ ।

गत वर्ष जेठ ३ गते पार्टी एकीकरण एक सातापछि जेठ १० गते प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले मात्र सम्बोधन गरेका थिए । तर आगामी आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुला रुपमा छलफल गर्न पाउने भएपछि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नुहुने छ ।

यी हुन् बैठकका सात एजेण्डा

१) शहीदहरूप्रति श्रद्धाञ्जली ।

२) बैठकको उद्घाटन र उद्घाटन मन्तव्य (प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली) ।

३) राजनीतिक प्रतिवेदन प्रस्तुति (अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड) ।

४) संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुति (महासचिव विष्णुप्रसाद पौडेल) ।

५). सात वटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामको रिपोर्टिङ ।

६) समसामयिक प्रस्तावहरूको प्रस्तुति ।

७) विविध ।

 

लाइभ यहाँबाट हेर्नुहोस् >>>

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?