logo
२०८० चैत्र १५ बिहीवार



नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा मन्सुरी विजयी

अर्थ |


नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा मन्सुरी विजयी


सिराज खान

नेपालगञ्ज, माघ १३ गते । नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी २७६ मतान्तरले विजयी हुनु भएको छ । शनिबार सम्पन्न भएको संघको निर्वाचनको आइतवार राती १२ बजे पुरा गरिएको मत गणनाको परिणाम अनुसार मन्सुरी नेतृत्वको प्यानलले बहुमतसहित विजय हासिल गरेको छ ।

निर्वाचन समितिका अनुसार मन्सुरीले एक हजार ५१० मत प्राप्त गरि अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी साझा प्रजातान्त्रिक समुहका ललितकुमार रौनियारले एक हजार २३४ मत प्राप्त गर्नुभयो ।

आगामी तीन बर्षका लागि भएको संघको १९ सदस्यीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित एक जना उपाध्यक्ष र नौ जना सदस्य गरेर समावेशी प्यानलले प्रष्ट बहुमत प्राप्त गरेको छ ।

उद्योगतर्फको उपाध्यक्षमा समावेशी प्यानलका आदेशकुमार अग्रवालले एक हजार ३७३ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी तपेन्द्र शाहले एक हजार ३६७ मत पाउनुभयो । यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा साझा प्यानलका अमित बस्नेतले एक हजार ४९१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिष्पर्धी ज्ञानेन्द्रकुमार श्रेष्ठले एक हजार २२७ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ । खुला १२ सदस्य मध्ये समावेशी प्यानलबाट आठ र साझा प्यानलबाट चार जना विजयी हुनुभएको छ ।

सदस्यमा विजयी हुनेहरुमा समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी (बासु), मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट हुनुहुन्छ भने साझा समुहबाट टंक प्रसाद शर्मा, बिन्दु चर्तीमगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का रहनु भएको छ ।  यसैगरी एशोसिएट्सतर्फको सदस्यमा साझा प्यानलका संजय अग्रवाल समावेशी प्यानलका दिपेन्द्र विष्ट विजयी हुनुभएको छ ।

सोही प्रकारले वस्तुगततर्फको सदस्यमा साझा प्यानलका सलाउद्दिन जसगढ विजयी हुनुभएको छ भने अर्को एक सदस्यका लागि साझा प्यानलका बद्री श्रेष्ठ र समावेशी प्यानलका भिमलाल कँडेलले १२–१२ मत प्राप्त गर्नुभएको छ । वस्तुगततर्फ एक मत हराएको छ । उहाँहरुलाई आधा आधा कार्यकाल दिने सहमति भएको प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिंहले बताउनु भयो ।

अधिकृत सिहंका अनुसार संघमा तीन हजार ४६ मतदाता रहेकोमा दुई हजार ७९० मत खसेको थियो । विजयी भएपछि पहिलो प्रतिक्रिया दिंदै अध्यक्ष मन्सुरीले सबै व्यवसायीलाई संगै लिएर सबैको हितका लागि काम गर्ने तथा नेपालगञ्जलाई आर्थिक हब बनाउन बिशेष ध्यान दिने बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?