logo
२०८० चैत्र १६ शुक्रवार



अग्नि सापकोटालाई सभामुख घोषणा गर्न शुरू भयो प्रतिनिधि सभा बैठक

पढ्नै पर्ने |


अग्नि सापकोटालाई सभामुख घोषणा गर्न शुरू भयो प्रतिनिधि सभा बैठक


काठमाडौं, माघ १२ गते । नयाँ सभामुख निर्वाचित गर्न प्रतिनिधि सभाको बैठक शुरू भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकको एक मात्र कार्यसूची सभामुख निर्वाचन रहेको छ ।

बैठकको शुरूमा सभामुखका रुपमा अग्नी सापकोटाको प्रस्तावक सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गर्नुभएको छ । त्यसपछि अग्नी सापकोटाका समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्नुभयो ।

बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?