logo
२०८१ बैशाख ७ शुक्रवार



तीन विद्यार्थीकाे उदाहरणीय काम गाउँमै थाले कृषि फर्म

अर्थ |
पढ्नै पर्ने |


तीन विद्यार्थीकाे उदाहरणीय काम गाउँमै थाले कृषि फर्म


मनाेज भट्टराई

ओखलढुंगा, पुस १६ गते । थाेरै उच्च शिक्षा पाउना साथ कृषि पेशामा अगाल्नै हुन्न भन्ने आम नेपाली युवाकाे साेच विपरित ओखलढुंगा रुम्जाटार माविमा अध्ययन गर्ने तीन विद्यार्थीले आफ्नै  गाउँमा आधुनिक कृषि शुरू गरेर वैदेशिक राजगारीमा जानेहरुका लागि उदाहरणीय बन्नुभएको छ । रोजगारीका लागि युवा जनशक्ति विदेसिने क्रम बढिरहेको अवस्थामा कृषिबाट नै केही गर्न सकिन्छ भन्दै उहाँले गरेको कामका कारणले उदाहरणीय बन्नुभएको हो ।

पछिल्लो समय उच्च शिक्षा हासिल गरेकाहरू पनि वैदेशिक रोजगारीकै चक्करमा भौंतारी रहेका छन् । प्राविधिक शिक्षा लिएकालाई पनि विदेश मोहले नछाडेको अवस्थामा रुम्जाटार माविमा आईएसईएजी अध्ययनरत तीन युवा भने व्यवसायिक रूपमा कृषि फार्म सञ्चालन गरी श्रम गरे स्वदेशमै केही हुन्छ भनेर लागि पर्नुभएको छ । उहाँहररूले ‘प्रोसेसिङ’ गरी बजारमा आउने तरकारीलाई विस्थापन गरी सहुलियतमा ताजा तरकारी उपलब्ध गराउने योजनाका साथ लाग्नुभएको छ ।

सोलुखुम्बुको नेचासल्यान–५ गैरीका गणेशकुमार श्रेष्ठ, पाँचथरको फाल्गुनन्द–२ इम्बुङका डिल्ली नेम्बाङ र ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारका सुजन ठटाल मिलेर त्रियुगा सिर्जनशील कृषि फार्म चलाउनुभएको छ । तीनैजना आईएसईएजी तेस्रो वर्षको पढाई सकेर कृषि फर्म चलाउन थाल्नुभएको छ ।

मल्चिङ, थोपा सिंचाई, ग्रिन हाउसलगायत प्रविधि अपनाएर काँक्रा, गोलभेंडा, तीतेकरेला, चिचिन्डा, काउली, बन्दा, भान्टा, अकबरे खुर्सानी, भेंडे खुर्सानी, बोडी, चिप्ले भान्टा आदि तरकारी लगाइएको छ । प्राविधिक शिक्षा लिएका धेरैजसो युवामा जागिरै खानुपर्छ भन्ने सोचमा भौतारी रहेको बेलामा आफूहरुले कृषिबाट पनि कमाउन सकिन्छ भन्ने सन्देश दिन खोजेर फार्म संचालन गरेको जानकारी दिनुभयो । उहाँहरुले आफ्नो पढाइमा विश्वास गरेर आफू व्यवसायिक बन्ने आँट गरेका छन् । प्रविधिमा आधारित कृषि फार्म किसानका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्नेे तयारी रहेको फार्म संचालक मध्यका गणेशकुमार श्रेष्ठको भनाइ छ ।

रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानियाँका अनुसार बाली विज्ञानका विद्यार्थीले कृषि फार्म सञ्चालन गरेकाले अन्य तहमा पनि अभ्यासका लागि सहज भएको छ । उहाँले परम्परागत कृषिमा आश्रित किसानले अन्य पेसामा लाग्न विकल्प खोजिरहेको अवस्थामा यस्तो समयमा विद्यार्थीले कृषिमै सम्भावना देखाउने गरी व्यवसायिक फार्म सञ्चालन गरी महत्वपूर्ण काम थालेको र उहाँहरु सदरमुकाम आसपास मै उदारणीय बनेको बताउनुभयो ।

बजारमा आयातित तरकारी खपत भइरहेकाले स्थानीय उत्पादनको व्यवस्थापनमा चुनौती नरहेको फर्म संचालक विद्यार्थीको भनाइ छ । अर्गग्यानिक उत्पादन गर्न सुरु गरेको कृषि फार्मका लागि पाँच रोपनी जग्गा भाडामा लिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?