logo
२०८१ बैशाख ४ मंगलवार



वर्षाले आलु खेतीमा फाइदा

अर्थ |


वर्षाले आलु खेतीमा फाइदा


रामपुर, मङ्सिर २७ गते । यहाँ पानी परेपछि भर्खर खेतमा लगाइएको तरकारी बालीलाई फाइदा हुने देखिएको छ । यस वर्ष नहर मर्मतका कारण सिंचाइ गर्न नमिल्ने भएकाले चिन्तित किसान केही ठूलो पानी परे हुन्थ्यो भन्ने आशामा थिए ।
विजयपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरका अध्यक्ष तथा अगुवा कृषक सूर्यप्रसाद रेग्मीले पानी परेर घाम लागेमा आलु खेतीलाई निकै फाइदा हुने बताउनुभयो । “आलु उम्रिनेबित्तिकै औषधि छर्दा माटोलाई समेत असर गर्छ तर आलु लगाएपछि पानी परेर उम्रिएपछि घाम लागेमा आलुमा रोग समेत लाग्दैन”, उहाँले भन्नुभयो ।
लसुन प्याज, काउली, बन्दालगायत तरकारी खेतीलाई निकै राम्रो हुने भएपछि यहाँ किसान खुशी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?